अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

एनएसएलमा पाेखरा र इलाम खेल्दै, पाेखरालाई शीर्ष स्थानमा उक्लिने माैका

news

 

 मंसिर २०, काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा आज बुधवार पाेखरा थन्डर्स र स्पाेर्टिङ इलाम एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा बेलुकी ५ बजे शुरु हुनेछ ।

पाेखराले अहिलेसम्म ३ खेल खेलेकाेमा १ जित र २ बराबरीसहित ५ अङ्क जाेडेकाे छ । पाेखरा तालिकाकाे तेस्राे स्थानमा छ । आजकाे खेल जितेमा पाेखरालाई शीर्ष स्थानमा उक्लिने माैका छ । इलाम ३ खेलमा १ जित र २ हारसहित ३ अङ्क जाेड्दै छैटाैँ स्थानमा छ ।

यही मङ्सिर ८ गतेदेखि शुरु भएकाे दाेस्राे संस्करणकाे एनएसएलमा ९ वटा टिमकाे सहभागिता रहेकाे छ । प्रतियाेगितामा धनगढी एफसी, ललितपुर सिटी एफसी, पाेखरा, काठमाण्डाै रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् । सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् ।

२०७८ सालमा भएकाे फ्रेन्चाइज लिगकाे पहिलाे संस्करणकाे उपाधि काठमाण्डाैले जितेकाे थियाे ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...