अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म

news

 

मंसिर २१,  काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म छ । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो ।

उहाँका अनुसार छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका एक दुई ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने मौसम धुम्मिए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानांगले बताउनुभयो ।

आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना छैन । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अझै केही दिन मौसम यस्तै रहने अनुमान छ ।

मौसम धुम्म भएकाले तापक्रम भने खासै घटेको छैन । बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम भने २० देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...