समाचार
शिक्षाको क्षेत्रमा गल्याङ नगरपालिका सहि गतिमा ः नगर प्रमुख भट्टराई
रेडियो आँधीखोला
वालिङ, २३ मंसिर ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले भोलिको गल्याङ र मुलुक निर्माण गर्ने अभियानमा सकरात्मक सोचका साथ अगाडि वढ्नु पर्नेमा जोड दिनुभएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिकाको आयोजनामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० समारोहको उद्घाटन गर्दै सो कुरा बताउनु भयो । उच्च नैतिकता र उच्च अनुशासन भएर अगाडि वढ्न सकिएन भने सामाजिक सञ्जालबाट मात्रै उपलब्धी हासिल नसकिने उहाँको भनाई छ ।
सकरात्मक सोच र चिन्तनका साथ अगाडि वढ्न र हाम्रो समाज विकास निर्माणको हुटहुटी हुनु पर्ने,कामको गतिलाई भनेजस्तो गरि हुनु पर्नेमा धिमागतीमा भएको बताउनु भयो ।
शिक्षाको आमूल परिर्वतनका क्षेत्रमा गल्याङ नगरपालिका सहि गतिमा अगाडि बढेको र आफूले गरेका कर्मले भोलि आफूलाई नै परिर्वतन गर्ने भावनाका साथ गल्याङको विकासमा लाग्न र परिणाम आउने गरि अगाडि वढ्न आग्रह गर्नु भएको थियो।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले स्वास्थयका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने कुरालाई आत्मसाथ गरेर गल्याङ गल्याङ नगरले स्थानीय तह देखि प्रदेश तथा संघ स्तरमै खेलाडी उत्पादन गर्ने पक्षमा ठूलो लगानी गरेर अगाडि बढेको कुरा बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस गल्याङ नगर कार्य समितिका सभापति श्याम प्रसाद बस्याल, नेकपा एमाले गल्याङ नगर कमिटी सचिव राजेन्द्र देब खनाल, गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईलगायतले बोल्नुभएको थियो ।
गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार राज आचायको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नगर शिक्षा सदस्य चन्द्र बहादुर राना मगरले र कार्यक्रमको सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले गर्नु भएको थियो ।