समाचार
सरकारको मिसन भ्रष्टचारको अन्त्य – कानुन मन्त्री गुरुङ
वालिङ, २३ मंसिर ।
कानुन न्याय तथा ससदिय मामिला मन्त्री धनराज गुरुङले सरकारको मिसन भ्रष्टचारको अन्त्य भएकोे बताउनुभएको छ । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले अयोजना गरेको प्रथम राष्ट्रपति कप तथा शैक्षिक महोसब २०८० को समापनमा शुक्रबार मन्त्री गुरुङले भ्रष्टचारी जो भएपनि नछाडिने बताउनुभयो । प्रधामन्त्री प्रचण्ड पनि भ्रष्टचारको अन्त्य गर्ने अभियान मै रहेको बताउदै आफु र प्रधामन्त्री सल्लाह गरेर अगाडी बढेको बताउनुभयो ।
भ्रष्टचारीको जात, धर्म, राजनिति नहुने बताउदै मन्त्री गुरुङले भ्रष्टचारका कारण बिकास निर्माण ओझेलमा परेको र अन्त्य नगरेमा देशको भबिष्य नभएको बताउनुभयो । भ्रष्टचारको बिरुद्धमा काम गर्ने सकार अहिलको गठबन्धन सरकार भएको बताउदै कारबाही गर्न खुट्टा नकाप्ने मन्त्री गुरुङको भनाई थियो । गफ र बिरोध गरेर देश अगाडी नबढ्ने बताउदै मन्त्री गुरुङले केहि नेताहरु बिरोध गरेर धमिलोमा माछा मार्ने काम गरेको बताउनुभयो ।
हिजै देखि सत्तामा रजगज गरेकाले काम गर्ने सकेको भए अहिलेको अवस्था नआउने बताउदै मन्त्री गुरुङले देश बनाउन भित्रैबाट मन लाग्नु पर्ने बताउनुभयो । दलहरुले बिपक्षी दललाई सत्रु देख्दा अहिलेको अवस्था आएको आएको बताउदै मन्त्री गुरुङले सबै मिलेर देश बनाउन लाग्नुको बिकल्प नरहेको बताउनुभयो । फरक बिचार लाग्दैमा सत्रु नहुने बताउदै मन्त्री गुरुङले साझाँ सत्रुभ्रष्टचार, भोग, गरिबीको अन्त्यको लागि लाग्नु पर्ने बताउनुभयो । कसैले गफ गर्दैमा सरकार नढल्ने बताउदै मन्त्री गुरुङले गठबन्धन सरकारको सफलता भ्रष्टचारको अन्त्य भएको र सरकार ठलेपनि केहि नहुने भनेर ठुला फाइल खोल्न लागेको बताउनुभयो ।
नेपाली काग्रेसको उपसभापति रहनु भइका गुरुङले ४० बर्षबाट राजनिति गरेको बताउदै राजनिति गर्नेले बुझेर मात्र गर्न आग्रह गर्नुभयो । समापन कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रासकियय अधिकृत आशिष शर्मा, शिक्षक लाल केसी, गंगा गुरुङ, वडा नं २ का अध्यक्ष धन बहादुर गुरुङ लगायतले मन्तब्य राख्नु भएको थियो ।