समाचार
मितेरी बचत तथा ऋण सहकारी संस्था वालिङ ८ को १३औँ साधारण सभा
रेडियो आँधीखोला
वालिङ, २४ मंसिर ।
मितेरी बचत तथा ऋण सहकारी संस्था वालिङ ८ को १३औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपाल आर्दश क्याम्पसको सभाहलमा आयोजित साधारण सभाको उद्दघाटन गर्दै नेपाल आर्दश क्याम्पसका प्रमुख तथा नेपाल आर्दश माविका प्रिन्सीपल होमकान्त गौतमले सहकारीको मर्म अनुसार पुँजी व्यवस्थापन गराई दिर्घकालिन सोँच अनुसार सहकारी संचालन हुनुपर्ने बताउनुभयो । साथै क्याम्पस प्रमुख गौतमले सहकारीले स्थानीय उत्पादन प्रर्वद्धन गर्नका लागी लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एनएमबि बैंक वालिङ साखाका प्रबन्धक दिपक काफ्लेले समेत आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा अध्यक्ष टेकलाल खनाल, कोषाध्यक्ष शंकर डुम्रे, प्रबन्धक शालिकराम पाण्डेले आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
४४५ जना सेयर सदस्य रहेको संस्थााको सेयर पुँजी १ करोड २ लाख रहेको छ भने निक्षेप ७ करोड ९५ लाख, लगानी ९ करोड ७९ लाख रहेको संस्थाले जनाएको छ । कार्यक्रम संस्थााका अध्यक्ष टेकलाल खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष शंकर डुम्रे र संचालन उपाध्यक्ष शंकर खनालले गर्नुभएको थियो ।