अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सहकारीमा देखिएको विकृत्तिलाई रोक्न सेयर सदस्यहरु चनाखो हुनुपर्छ ः मन्त्री अर्यालतिवारी

news

 
रेडियो आँधीखोला 
वालिङ, २४ मंसिर ।
गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्यालतिवारीले पछिल्लो समय सहकारीमा देखिएको विकृत्तिलाई रोक्न सेयर सदस्यहरु चनाखो हुनुपर्ने बताउनुभएको छ । शनिबार वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वालिङ ८ को वालिङ ५ पित्लेकमा आयोजित तेस्रो साधारण सभाको उद्दघाटन गर्दै मन्त्री तिवारीले यस्तो बताउनुभएको हो । 
सहकारीले आफ्ना सदस्यहरुको बचत फिर्ता गर्न नसक्ने, सहकारी नै डुब्ने घटनाहरु देशभर फैलिरहेको भन्दै यसलाई रोक्न बेलैमा सदस्यहरु संयम चनाखो र सचेत बन्न आवश्यक रहेको मन्त्री तिवारीको भनाई छ । कतिपय सहकारीका यस्ता घटनाहरु नेतृत्वको लापरबाहीका कारण समेत भईरहेको भन्दै सदस्यहरुले आफ्नो लगानी केमा कसरी संस्थाले लगानी गरेको छ भन्ने विषयमा सोधखोज गरेर नेतृत्वलाई सचेत बनाउनुपर्नेमा उहांले जोड दिनुभयो । 
सहकारी आफ्नो निति र सिद्धान्तलाई आत्मसाथ गरेर पारदर्शि तवरले चल्नुपर्ने भन्दै मन्त्री तिवारीले सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुँने बताउनुभयो । मन्त्री तिवारीले भन्नुभयो, ‘आफ्ना सदस्यहरुको आर्थिक स्थिति वृद्धि गर्नका लागी खोलिएका सहकारी निति र सिद्धान्त विपरित रुपमा अगाडि बढ्दा विभिन्न समस्या आईरहेका छन् ।’ सहकारी धरासयी हुनबाट बच्न समयमै सहकारीका सदस्यहरु चनाखो बन्नुपर्नेमा उहाँको जोड थियो । 
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष छविलाल आले, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, सेयर सदस्यद्धोय महेश गुरुङ र चण्डिका सापकोटा अर्यालगायतले बोल्नुभएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष, कोषाध्यक्ष, सचिव, लेखा संयोजक, प्रबन्धकको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष ल्या. यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष नेत्रप्रसाद सुवेदी र संचालन सदस्य भोजराज अर्यालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...