समाचार
बिरोधले मात्र देश बन्दैन–कानुनमन्त्री गुरुङ
रेडियो आँधीखोला
वालिङ, २४ मंसिर ।
कानुन न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले बिरोधले मात्र देश नबन्ने बताउनु भएको छ । पुतलीबजार नगरपालिका १ मा हङकङ पार्कको उद्घाटन तथा नगरपालिकालाई हस्तान्तरण गर्दै शनिबार मन्त्री गुरुङले राम्रो काम गरिरहेको सरकारलाई बिरोध गरेर आफ्नो हैसियत नदेखाउन दलहरुलाई आग्रह गर्नुभयो ।
काम गरेको बेलामा सहयोग गर्न आग्रहगर्दै देश बनाउन मिलेर जानुको बिकल्प नरहेको मन्त्री गुरुङको भनाई थियो । देशको सत्रु भ्रष्टचार भएको बताउदै बिरोध भन्दा पनिसत्तातथाप्रतिपक्षसबै मिलेर अगाडी बढ्न सबै दललाई आग्रहगनुभयो । आफु जन्मेको जिल्लालाई राम्रो बनाउनआफ्नो प्रयास सधै रहने बताउदै मन्त्रीगुरुङले सबै साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
बिगतमा फोहोर रहने ठाउँ पार्क बनेको बताउदै मन्त्री गुरुङलेपार्क बन्नु मात्रनभई मानबियता जोडिएको बताउनुभयो । जनताशिरमा राखेर राजनिति गर्नुपर्ने बताउदै जनतालाई भुइमा राखेर गर्ने राजनितिको अन्त्यको गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संघिय सांसद राजु थापाले पछिल्लो समय जिल्लाका ग्रामिण भेगहरु खण्डहर हुनलागेको बताउनुभयो ।
जन्मेको र खेलेको ठाउँ खण्डहर बनेको अवस्थामा हङकङमा कमाएको रकमले केहि नगर्ने बताउदै थापाले नेपाल फर्कन आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य सिता सुन्दास, नगरपालिका प्रमुख तुलसी राम रेग्मी, पुर्व प्रमुख सिमा क्षेत्रीलगायतले मन्तब्य राख्नु भएको थियो ।