अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कालीगण्डकी गाउँपालिकामा चौथो कालिगण्डकी खेलकुद महोत्सव २०८० हुने

news

 
रेडियो आँधीखोला
वालिङ, २५ मंसिर ।
कालीगण्डकी गाउँपालिकाले चौथो कालिगण्डकी खेलकुद महोत्सव २०८० गर्ने भएको छ । गाउँपालिकाले यही मङ्सिर २९ गतेदेखि पुस १ गतेसम्म खेलकुद महोत्सव गर्न लागेको हो । महोत्सवमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, टेबुल टेनिस, दौड, बुद्धिचाल महिला र पुरुष गरी २१ खेल विधा समावेश गरिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जनाकारी दिनुभयो । 
खेलकुदमा ३०८ जना पुरुष र ३०८ महिला गरी ६१६ जना खेलाडी र ३५ जना खेल संयोजक रहने जानकारी पनि थापाले दिनुभयो । ११ पालिका रहेको स्याङ्जामा पुरुष तथा महिलाको खेलकुद प्रतियोगिता आयोजना गर्ने पहिलो पालिका कालिगण्डी हो । कूल चार लाख ७४ हजार रुपियाँ पुरस्कार राशि प्रतियोगिताको सबै विधामा विजेता, उपविजेता र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...