समाचार
३ महिने कटाई सिलाई तालीम शुरु
रेडियो आँधीखोला
वालिङ, २५ मंसिर ।
वालिङमा कटाई सिलाई सम्बन्धी तालीम शुरु भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्रालय व्यावसायीक सिप विकास तालिम केन्द्र पोखराको आयोजनामा ३ महिने कटाई सिलाई तालीम परम्परागत कला तथा सिप विकास तालीम केन्द्र वालिङ, ८ नयाँबजारमा शुरु भएको हो ।
कार्यक्रममा बोल्नुहुदै नगर प्रवक्ता तथा वालिङ १ का वडा अध्यक्ष पदमराज गुरुङले सिप सिकेर व्यवहारमा उतारी आत्मनिर्भर हुन सहभागिहरुलाई आग्रह गर्नुभयो । साथै सिमित समुदायको पेसाको रुपमा चिनिए पनि पछिल्लो समय कटाई तथा सिलाई सम्बन्धी सिपमा धेरैको रुचि तथा आकर्षण बढ्दो रहेको बताउँदै आवश्यक पर्ने सबै सहयोग गर्नका लागी नगरबाट पहल हुने उहाँको भनाई थियो ।
कार्यक्रममा वालिङका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा, कार्यपालिका सदस्य सिता विक लगायतले बोल्नुभएको थियो । व्यावसायिक सिप विकास तालिम केन्द्र पोखराका डिल्ली राम सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत गिता रनपालले र कार्यक्रमको सञ्चालन प्रशिक्षक लिल बहादुर रनपालले गर्नुभएको थियो । २० जनाको सहभागिता रहेको तालिमको लिल बहादुर रनपालले प्रशिक्षण दिनुहुनेछ ।