अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

बालचर्तुदशीका अवसरमा छाङछाङदीमा ४३ हजार भेटि संकलन

news

 
 
रेडियो आँधीखोला
वालिङ, २६ मंसिर ।
स्याङ्जाको छायाक्षेत्र मन्दिर छाङछाङदीमा बालाचर्तुदशीका अवसरमा ४३ हजार भेटि संकलन भएको छ । बालाचर्तुदशी तथा सतबिज छर्ने पर्वका अवसरमा भक्तजनहरुले चढाएको दान तथा सहयोग रसिदबाट प्राप्त रकम गरी ४३ हजार ७६१ रुपैँया संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव शोभाकान्त पौडेलले जानकारी दिनुभयो । सहयोग रसिदबाट १६ हजार १११ रुपैँया र २७ हजार ६५० सय भजन मण्डली तथा मन्दिरबाट गरी ४३ हजार ७६१ रुपैँया संकलन भएको पौडेलले बताउनुभयो । 
यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, श्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ । मन्दिरको किम्बदन्तीका बारेमा श्रीस्वस्थानी ब्रत कथामा समेत वर्णन गरिएको छ  ।
मन्दिर दर्शनका लागी स्याङजासहित, पाल्पा, कास्की, पर्वत, बाग्लुङ, कपीलवस्तु, तनहुँ, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाबाट मनोकांक्षा पुरा हुने जनविश्वासले दर्शन तथा पुजाका लागी आउने गरेका छन् । यसरी विभिन्न पर्वका अवसरमा मन्दिरमा संकलित भेटी तथा मेलाबाट संकलित रकमले मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माण तथा मन्दिर व्यवस्थापनमा खर्च गरिँदै आईएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...