समाचार
वालिङमा कोभिड भ्याक्सिन रेकर्डिङ डिजिटलाईजेशन
रेडियो आँधीखोला
वालिङ, २६ मंसिर ।
वालिङमा कोभिड भ्याक्सिन रेकर्डिङ डिजिटलाईजेशन सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । वालिङ नगरपालिकाको आयोजना तथा यूएनडिपि नेपाल र उज्यालो यात्रा संस्था वालिङको सहयोगमा सोमबार अभिमुखीकरण गरिएको हो । कोभिड १९ विरुद्ध भ्याक्सिन लगाएकाहरुको रर्कडलाई डिजिटलाईज्ड गर्नका लागी सोमबार स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग आईटिका राजेन्द्र पौडेलले कोभिड १९ विरुद्ध लगाईने खोप प्रि रजिष्टे«सन, भ्याक्सिन लगाईएको प्रमाण पत्र दिईने प्रक्रियालगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । गण्डकी प्रदेशमै पहिलो पालिका वालिङले कोभिड १९ भ्याक्सिनको डिजिटलाईज्ड गर्नेछ । विभिन्न प्रयोजनका लागी चाहिने भ्याक्सिन लगाईएको क्युआर प्रमाणपत्रका लागी सरकारी निकायबाटै काम गर्दा सेवाग्राहीको कागजपत्र सुरक्षित हुने दुरुपयोग हुनबाट जोगिने भएकाले डिजिटलाईज्ट महत्वपुर्ण हुनेछ ।
तालिममा नगरपालिकाका १४ वटै वडाका १८ स्वास्थ्य केन्द्रका प्रमुख तथा प्रतिनिधि, गह्रौ प्राथामिक अस्पतालका स्वास्थ्यकर्मी, सामुदायिक नर्स गरी ५० जनाको सहभागिता रहेको थियो । उज्यालो यात्रा संस्थासंगको सहयोगमा नगरपालिकालले प्रत्येक वडाबाट यो कार्यको शुरुवात गर्नेछ । यो प्रविधिद्धारा सेवाग्राहीले अनलाईनबाटै रजिष्टे«शन फारम भरी स्थानीय पालिकाबाटै भ्याक्सिन लगाएको क्यूआर प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कार्यक्रममा वालिङ नगरपालिका स्वास्थ्य साखा प्रमुख कमल पाण्डेले उज्यालो यात्रा संस्थाले प्रत्येक वडामा स्वयंसेवक खटाउने र डाटा प्रमाणितलगायतमा स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीहरुले सहयोग गर्ने बताउनुभयो ।