अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

आक्सलाई पञ्चासे संरक्षण पुरस्कार

 
 
वालिङ, २७ मंसिर ।
पञ्चासे संरक्षण पुरस्कार २०८० आपसी सहयोग केन्द्र(आक्स) स्याङ्जालाई प्रदान गरिएको छ । आक्सलाई माछापुच्छ्रे बिकास कोषले स्याङ्जा, कास्की र पर्वतको संगम स्थल पबित्र पञ्च धाम पञ्चासेमा एक कार्यक्रमका अवसरमा पुरस्कारले सम्मान गरेको हो । धार्मिक एवं जैबिक बिविधताले भरिपुर्ण पञ्चासको बन वातावरण संरक्षण र प्रबद्र्धन गर्दै सरकारी निकाय तथा संस्थासगँ समन्वय गरी समुदायमा आधारित नमुना संरक्षण क्षेत्र बनाउन गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो । 
 
आस्कका अध्यक्ष रुकुमदत्त पौडेललाई प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका संयोजक सुधिर कुमार पौडेलले नगद २५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्ला ओडाएर पुरस्कार प्रदान गर्नु भएको हो । २६ बर्ष पहिला स्थापना भएको आपसी सहयोग केन्दले बन वातावरण संरक्षणको क्षेत्रमा लागातार कामगर्दै आएको छ । हरियाली जंगल र योगाको लागि उपयुक्त उत्कृष्ट पर्यटकीय गन्तव्य पञ्चासे सुनाखरीको राजधानी हो । 
 
पञ्चासेमा थरिथरिका चरा, सुनगाभा र जडीबुटी पाइने गरेको छ भने प्राकृतिक सौन्दर्यता नियाल्न पञ्चासे एक स्थान हो । दुई हजार ५१७ मिटर उचाईमा रहेको पञ्चासेबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि र मनास्लु हिमाल प्रत्यक्ष रुपमा अबलोकन गर्न सकिन्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...