अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

गल्याङमा सञ्चालित एकीकृत घुम्ती शिबिरबाट स्वास्थ्य परिक्षण गराउनेको संख्यामा वृद्धि रेडियो आँधीखोला

 
वालिङ, २७ मंसिर ।
स्याङ्जाको गल्याङ नगडरपालिकाको आयोजनामा सञ्चालन भैरहेको एकीकृत घुम्ती शिबिर प्रभावकारी देखिएको छ । वडा वडाका उपभोक्ताको हितलाई मध्यनजर गर्दै गल्याङ नगरपालिकाले सुरु गरेको एकीकृत घुम्ती शिबिरमा उत्साहजनक सहभागिता देखिएको छ ।
शिविरमा विशेष गरी स्वास्थ्य जाँच गराउनेहरु धेरै देखिएका छन् । गल्याङ नगरपालिका वडा नम्बर १ को मालुङ्गामा हिजो उद्घाटन गरिएको शिबिर आज वडा नम्बर ११ मा सम्पन्न भएको छ ।
 
कार्यक्रममा गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले उपभोक्ताहरुको हितलाई मध्यनजर राखेर शिबीर सञ्चालन गरिएको बताउनुभयो । उहाँले नगरवासीलाई सहजताका साथ सेवा उपलब्ध गराउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले सानासानो योजनाका लागि पनि सम्झौता गर्न पालिकासम्म पुग्नुपर्ने उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै घुम्ती शिबिर सञ्चालन गरिएको स्पष्ट पार्नुभयो ।
 
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले सबै नगरवासीको नगरपालिकामा उत्तिकै पहुँच बनाउनका लागि यो कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले वडा नम्बर ११ मा आज भएको शिबिरमा ५२ प्रतिशत योजना सम्झौता भएको जानकारी दिनुभयो । उहाँले शिबिरमा २८ वटा योजना सम्झौता भएको र उपभोक्ता समितिको २८ वटा बैंक खाता सञ्चालन गरिएको बताउनुभयो ।
 
शर्माका अनुसार शिबिरमा २ सय ५२ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शिबिरमा ६७ जनाको स्तन क्यान्सरको परिक्षण गरिएको छ । यस्तै ७० जनाकाृ पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको छ । यसैगरी ११३ जनाले विरामी भई चिकित्सकबाट शिबीरमै सेवा लिएका छन् । शिबिरमा ४ जनाले माटो परिक्षण गराएका छन् भने चार जनाले नै बाली परामर्श लिएका छन् । यस्तै ३८ जना कृषकले गोबर तथा दुध परिक्षण गराएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...