अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

स्याङ्जामा गतवर्ष भन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी

news

 
 
वालिङ, २८ मंसिर ।
स्याङ्जामा गतवर्ष भन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गतवर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा यसवर्ष भने घटेर १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गतवर्ष १ अर्ब २१ करोडको सुन्तला उत्पादन भएको जिल्लामा यो वर्ष १ अर्ब १४ करोड  ५२ लाख २० हजार मुल्यको सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ । 
यो वर्ष उत्पादन घटे पनि विक्रि मुल्य भने औषतमा कृषकले राम्रो पाउने प्रारम्भिक आंकलन गरिएको छ् । गतवर्ष ५५ रुपैँया प्रतिकिलो सुन्तला विक्रि भएको थियो भने यो वर्ष औषतमा ६० रुपैँया प्रतिकिलो विक्रि भईरहेको छ । अन्य जिल्लाको भन्दा यहाँको सुन्तला रसिलो र दाना चिल्लो हुने भएकाले उपभोक्ताको रोजाईमा स्याङ्जाको सुन्तला पर्ने गरेको छ । यसवर्ष ३० प्रतिशत सुन्तला विक्रि भएको छ भने बाँकी ७० प्रतिशत सुन्तलाबोटमै छन् । 
यो वर्ष मुख्य गरी खडेरी र असिनाका कारण सुन्तला कम भएको छ । खडेरी र असिनाले बाँकी रहेको सुन्तला विक्रि गर्ने बेलामा पतेरा र औँसा किराले फल झरेपछि सुन्तला उत्पादनमा कमी आएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोनका वरिष्ठ कृषिविकास अधिकृत माधव प्रसाद लम्सालका अनुसार विगत ५ वर्षदेखि जिल्लामा एक वर्ष बाक्लो फल्ने र अर्कोवर्ष पातलो फल्ने गरेको छ । लम्सालले भन्नुभयो, ‘विगत ५ वर्षदेखि सुन्तला एक वर्ष बाक्लो अर्को वर्ष पातलो फल्ने गरेको देखिएको छ । गत वर्ष बाक्लो फलेको सुन्तला यसवर्ष पातलो नै फलेको हो ।’
जिल्लाको सुन्तला उत्पादन क्षेत्र २२ सय हेक्टर रहेकोमा उत्पादनशील बंगैचाको क्षेत्रफल १३ सय २० हेक्टर रहेको छ भने ८८० हेक्टर बेर्ना बगैँचा रहेका छन् । जिल्लामा आन्तरिक खपत १० प्रतिशत अर्थात १ हजार ९ सय ८७.२ मेट्रिक टन रहेको छ । स्याङ्जामा सुन्तला उत्पादन प्रतिबोट ४८ केजी छ भने प्रति हेक्टर १४ हजार ४६० केजी अर्थात १४.४६ मेट्रिक टन रहेको छ ।
आन्तरिक खपतमा घर्यासी प्रयोजन तथा कोशेलीका रुपमा छरछिमेक आफन्तकोमा पठाउने गरिन्छ । जिल्लामा उत्पादनहुने कुलमध्ये ९० प्रतिशत सुन्तला अर्थात १७ हजार १७८.४८ मेट्रिक टन सुन्तला बिक्रि हुने गरेको छ । गतवर्ष ५५ रुपैँया औषत मुल्यमा सुन्तला विक्रि गरेका कृषकले यसपटक भने राम्रो मुल्य प्राप्त गरेका छन् । यसवर्ष सुन्तला कम उत्पादन भए पनि मुल्य भने राम्रो पाएको कृषकहरुको भनाई छ । 
११ स्थानीय तह रहेको जिल्लमा सबैभन्दा बढि पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुँदै आएको छ । पुतलीबजारमा ८५० हेक्टर, भीरकोटमा ३५०, वालिङमा २४०, गल्याङ नगरपालिकामामा १३० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ भने अर्जुनचौपारीमा २७०, आँधीखोलामा १२५, फेँदिखोलामा ३५, विरुवामा १५५, हरिनास गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण सुन्तला सुपरजोन कार्यालय स्याङ्जाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...