अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सेतीमा बेपत्ता युवकको खोजीका लागि आज बाँध खोलिँदै

news

 

 मंसिर २८,  काठमाण्डाै - पोखरामा बेपत्ता एक युवकको खोजीका लागि आज सेती नदीको बाँध खोलिने भएको छ ।

तनहुँ घर भइ पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय सङ्गम मिश्र गएको सोमवारदेखि सम्पर्कविहीन रहेका र सेतीमा हाम फालेको आशङ्का गरिएको छ । बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएका मिश्र त्यहीँबाट सम्पर्कविहीन भएका प्रहरीको भनाइ छ ।

खोजी गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुङ्गे पुल परिसरमा कपडा र परिचय पत्र भेटिएको छ । थप खोजीका लागि आज सेती नदीको बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो ।

पोखरा–१६, दीपमा बनेको ड्याम आज दिउँसो १२ बजेदेखि ४ बजेसम्म खोलिने हुँदा सेती नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपास रहने र काम गर्नेलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...