अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने खेलाडि उत्पादन गर्नुपर्छ ः राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

news

 
रेडियो आँधीखोला
वालिङ, ३० मंसिर ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने खेलाडि उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आयोजित अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल एसियन प्रतियोगिताहरुमा सहभागिता जनाईसकेको भन्दै युरोपियन प्रतियोगिताहरुमा समेत नेपालले प्रतिष्पर्धा गर्न सक्नुपर्ने बताउनुभयो । 
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान तथा गरिमालाई उच्च राख्नका लागी खेल तथा खेलाडिको महत्वपपुर्ण भुमिका रहेको बताउनुभयो । व्यवसायिक रुपमा खेलाडिहरुको क्षमता विकासका लागी स्थानीय तह, प्रदेश तथा संघले उत्तिकै योगदान गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई छ ।  खेल क्षेत्रमा खेलाडिहरुको अनुशासन कति महत्वपुर्ण छ त्यसरी नै राजनितिमा पनि अनुशासन आवश्यक रहेको समेत औँल्याउनुभयो । उहाँले भन्नुभयो, “देशलाई सम्मुनत नेपाल बनाउनका लागी सुशासन र सामाजिक न्यायमा पहुँच आवश्यक छ । नेपाल आँफैमा आत्मनिर्भर हुनुपर्छ । नेपालले अन्य देशलाई दिन सक्ने सामथ्र्य राख्नुपर्छ ।”
कालीगण्डकी गाउँपालिकाले चौथर्फी विकास गरिहेको भन्दै यहाँ कृषि, शिक्षा, स्वास्थ्य, खेल, राजनिति हरेक क्षेत्रमा पालिकाले सकरात्मक परिर्वतन ल्याईरहेको बताउनुभयो । साथै उहाँले यस्ता प्रतियोगिताले नै राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न सक्ने खेलाडि उत्पादन गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य मुक्ति पाठक, प्रदेश सांसद महेश भट््राई, गाउँपालिका अध्यक्ष खिम थापा, उपाध्यक्ष सावित्रा कोईरालालगायतले बोल्नुभएको थियो । 
कालीगण्डकी ७ मिर्मी स्थित खेलमैदानमा संचालन हुने खेलकुद महोत्सवमा सात वटा विधामा एक्काईस खेल खेलाईने कालीगण्डकी गाँउपालीकाका अध्यक्ष थापाले बताउनुभयो ।
यस वर्षको खेलकुद महोत्सवमा बुद्धिचालको विधा थप गरिएको थापाको भनाई छ । विगतको अध्यक्ष कपमा बुद्धीचाल खेलको माग आएपछि खेलाडीको आवश्यकतालाई मध्यनजर गर्दे यस पटक बुद्धीचाल खेल थप गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
महिला तथा पुरुष तर्फ भलिबल, फुटबल, एथलेटिक्स, व्यटमिन्टन, बुद्धीचाल र टेवल टेनिस गरी ६ विधामा खेलाईने र पुरुष तर्फ क्रिकेट गरी जम्मा सात विधा गरी एक्काईस खेल खेलाईने समाबेश हुनेछ । पौष १ गतेसम्म सञ्चालन हुने खेलमा ६५१ जना सहभागी हुनेछ । खेलमा २१ स्वर्ण, २१ कास्य र २१ रजत पदक रहनेछ भने पुरस्कार रासी ४ लाख ८० हजारको रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...