अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङमा कोडिभ १९ भ्याक्सिन डिजिटलाईज्ड सहजकर्ताका लागी अखिमुखीकरण

news

 
रेडियो आँधीखोला
वालिङ, २ पौष ।
वालिङमा कोडिभ १९ भ्याक्सिन डिजिटलाईज्ड कार्यक्रमको सहजकर्ताहरुका लागी एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । वालिङ नगरपालिकाको आयोजना युएनडिपिको आर्थिक सहयोग र उज्यालो यात्रा गैर सरकारी संस्थाको सहजीकरणमा आयोजित कोभिड १९ भ्याक्सिन डिजिटलाईज्ड कार्यक्रमका लागी छनोट भएका सहजकर्ताहरुका लागी तालिम दिईएको हो ।  १४ वटा वडा रहेको वालिङमा प्रत्येक वडामा रहेको स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरुमा छानोट भएका सहजकर्ताहरुले कोभिड भ्याक्सिन लगाएकाहरुको रेकर्ड प्रविधिको माध्यम मार्फत प्रवेशीकरण गराउनेछ । 
 
कार्यक्रममा वालिङ नगरपालिका स्वास्थ्य साखा प्रमुख कमलप्रसाद पाण्डेले सहजीकरण गर्नुभएको थियो । पाण्डेले सहजकर्ताले मोबाईलको माध्यमबाट खोप लगाएकाहरुको डाटा प्रवेशीकरण कसरी गर्ने भन्ने विषयमा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो । कोभिड १९ खोप लगाएकाहरुको तथ्याङक प्रविधिको माध्यममार्फत राख्नका लागी यो कार्यक्रम सञ्चालन गरिँदैछ । 
 
वैदेशिक रोजगारीलगायतका कार्यमा आवश्यक पर्ने कोभिड भ्याक्सिन प्रमाणपत्रका लागी विभिन्न स्थानबाट महंगो मुल्यमा निकाल्नुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिकको काजगपत्र सुरक्षित राख्नका लागी यो कार्यक्रमले टेवा पुग्नेछ भने भ्याक्सिन लगाएकाहरुको एकिन तथ्यांक कम्प्युटर सफ्वेयरमा हुने भएपछि आवश्यक परेको खण्डमा तुरुन्त सहजै उपलब्ध गराउन समेत सहयोग गर्नेछ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...