समाचार
संघियता अहिलेको आवश्यकता ः गण्डकी प्रदेश पुर्व मुख्यमन्त्री अधिकारी
रेडियो आँधीखोला
वालिङ, २ पौष ।
पुर्व गृह मन्त्री तथा गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले संघियता अहिलेको आवश्यकता भएको बताउनु भएको छ । आँधीखोला गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुदको उद्घाटन गर्दै आइतबार अधिकारीले फाल्ने होइन अधिकार थपेर मजबुत बनाउनुपर्ने बताउनुभयो ।
बिकासको गति सुस्त अर्थात नौ प्रतिसत मात्र काम भएको बताउदै अधिकारीले बिकासको गति र पुजिगत बजेट बढाउनु पर्ने बताउनुभयो । नेकपा एमाले स्थायि कमिटि सदस्य समेत रहनु भएका नेता अधिकारीले मध्य पहाडी लोकमार्गको एमालेको अभियानले संघियता र गणतन्त्रमा अझै उत्साह देखिएको बताउनुभयो ।
बहुदलिय ब्यवस्थाको शुरुवाती अवस्थामा एकलौटी राज्य चलाउदा हतियार उठेको बताउदै बाध्यताले हतियार उठे पनि उपलब्धी भने सोचे जस्तो नभएको नेता अधिकारीले जिकिर गर्नुभयो । शिक्षाको जिम्मेवारी स्थानिय तहलाई दिएको बताउदै नेता अधिकारीले दरबन्दी मिलान र मर्जरमा जटिलता रहेको बताउनुभयो । अभिभावकले बिद्यार्थीलाई क्षमता हेरेर अगाडी बढ्न दिनुपर्ने नेता अधिकारीको भनाई थियो ।
खेलकुदले सम्बन्ध स्थापित, रोजगारी सृजना गर्ने बताउदै नेता अधिकारीले भारत र पाकिस्तानको बोलचाल बन्द हुदा पनि क्रिकेट, फुटबल जस्ता खेलले सम्बन्धलाई सुधार गरेको बताउनुभयो । उहाँले एक अस्पताल भन्दा सय रगशाला बताउनुपर्ने बताउदै खेलकुदले मानिसलाई स्वास्थ्य समेत बनाउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधिर कुमार पौडेलले हावादारी रुपमा बिभिन्न प्रलोभन देखाएर बनाएको आन्दोलनको औचित्य नरहेको बताउनुभयो । स्थानिय रुपमा स्थापित दलहरुले मात्र गाउँ तथा टोलको बिकास गर्न सक्ने पौडेललेको भनाई थियो । कार्यक्रममा पालिका अध्यक्ष बिश्व पौडेल, उपाध्यक्ष सिता थापा लगायतले मन्तब्य राख्नु भएको थियो ।