अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

गल्याङमा ‘कृषकसँग कृषि प्राविधिक’ कार्यक्रम, कृषकहरु लाभान्वित

news

 
रेडियो आँधीखोला
वालिङ, ६ पौष ।
स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरेसँगै कृषकहरु लाभान्वित भएका छन् । नगरपालिकाका एघार वटै वडाका गाउँ गाउँमा जनप्रतिनिधिसहित कृषि प्राविधिक पुगेर प्राविधिक सेवा तथा परामर्शहरु दिएको हो । गत असोजको अन्तिम साताबाट सुरु भएको उक्त अभियान मङ्सिरको अन्तिम साता सकिएको हो ।
 
गाउँ गाउँमा रहेका सामान्य कृषकहरुलाई नगरपालिकाको कृषि र पशु शाखाको सेवा र सुविधासँग जोड्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । “गाउँ गाउँमा कृषि कर्म गरेर बस्नुभएका कृषकहरुको समस्याको घरमै पुगेर समाधान गर्ने र उहाँहरुलाई नगरपालिकासँग जोड्नकालागि दुई महिनासम्म यो अभियान सञ्चालन ग¥यौं” उहाँले भन्नुभयो, “वास्तविक कृषकहरुको पहुँच पालिकासम्म विस्तार गर्न तथा कृषकहरुको गुनासो सुन्नकालागि यो अभियान प्रभावकारी रह्यो ।”
 
एघार वडाका ६१ गाउँका चार हजार १८७ कृषकहरु लाभान्वित भएका हुन् । स्थानीयस्तरका कृषि कार्यक्रम तथा योजनाहरुमा सीमित वर्गका ब्यक्तिहरुकोमात्रै पहुँच पुग्ने तर वास्तविक कृषकको पहुँच नगरसम्म आईनपुगेकाले कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । निर्वाहमुखी कृषि तथा पशुपालनलाई ब्यावसायिकतातर्फ उन्मुख गराउनकालागि यसले सहयोग पुग्ने विश्वास उहाँको छ ।
 
कृषकहरुका समस्या तथा गुनासाहरु गाउँ गाउँमै पुगेर टिपोट गरेकाले आगामी दिनमा नीति तथा कार्यक्रम बनाउँदा अझै प्रभावकारी हुने उपप्रमुख हेमा न्यौपाने बताउनुहुन्छ । कृषकहरुले गुणस्तरीय बीउ बिजनमा पहुँच नभएको, निजी एग्रोभेटहरुबाट प्राविधिकसहित बीउ र विषादीको भर पर्दै आईरहेको, खेतीपाती तथा पशुपालनबाट अपेक्षाकृत आम्दानी हुन नसकेको, बालीनालीहरु बाँदरले क्षति पु¥याउने गरेको जस्ता गुनासा तथा समस्याहरु जनप्रतिनिधि र कृषि तथा पशु प्राविधिकहरुमाझ राखेका थिए ।
 
गाउँ गाउँमै पुगेर कृषकहरुका समस्या तथा गुनासोहरु सुनेर उहाँहरुलाई प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको पशु शाखा प्रमुख सुशील अर्यालले बताउनुभयो । नगरपालिका कार्यालयले कृषकहरुका समस्याहरुको पहिचान गरी समाधान गर्नुकासाथै नियमित सम्पर्कमा राख्दै पहुँच विस्तारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...