अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

वालिङ, १० औद्योगिक ग्राम खेलमैदानमा जारी प्रतियोगितामा लक्ष्मी मावि बोधिभञ्ज्याङ अग्रस्थानमा

news

 
रेडियो आँधीखोला
वालिङ, ६ पौष ।
स्याङ्जाको वालिङ १० बैंडी औद्योगिक ग्राम खेलमैदानमा जारी प्रथम राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत हालसम्म भएका खेलहरुमा लक्ष्मी मावि बोधिभञ्ज्याङ अग्रस्थानमा रहेको छ । 
लक्ष्मी माविले ३ स्वर्ण र १ काँस्य गरी ४ पदकसहित अग्रस्थानमा रहेको हो । त्यस्तै पूर्णामृत भवानी माध्यमिक विद्यालय १ स्वर्ण, ३ रजत र १ काँस्य गरी ५ पदकसहित दोस्रो स्थानमा छ भने बालविद्या माध्यमिक विद्यालयले १ स्वर्ण, १ रजत गरी दुई पदकसहित तृतीय स्थानमा रहेको खेल संयोजक दीपेन्द्र खाँणले बताउनुभयो । हालसम्म भएका खेलहरुमा १२ वटा विद्यालयहरुले खाता खोलेका छन् ।
 
वालिङ नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा वालिङ भित्र रहेका सामुदायिक र संस्थागत गरी २६ विद्यालयहरु सहभागी छन् । प्रतियोगितामा भलिबल, दौड, एथ्लेटिक्स, कबड्डीलगायतका खेलहरु समावेस गरिएको खेल संयोजक खांँणले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...