अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

संसदमा सक्रिय भूमिका खेल्ने स्याङजा क्षेत्र नं १ सङ्घीय सांसद थापाको भनाई

news

 
रेडियो आँधीखोला
वालिङ, ७ पौष ।
संविधानसभा सदस्य तथा स्याङ्जा जिल्ला क्षेत्र नं १ का सङ्घीय सांसद राजु थापाले शिक्षा विधेयक समयमै ल्याउन आफूले संसदमा सक्रिय भूमिका खेल्ने बताउनुभएको छ । पुतलीबजार नगरपालिका स्याङ्जा बजारस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव समारोहमा बोल्दै सांसद थापाले उक्त कुरा बताउनुभएको हो । उहाँले सङ्घीय शिक्षा विधेयक आएपछि धेरै  समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले शिक्षकलाई गाली गरेरमात्र  पनि सार्वजनिक शिक्षाको गुणस्तर नसुध्रिने भन्दै शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावक र समुदायको उत्तिकै भूमिका रहने बताउनुभयो । उहाँले पुतलीबजार नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्नुपर्ने बताउँदै पछिल्लो समय पुतलीबजारभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सक्रियता बढ्नु सकारात्मक रहेको बताउनुभयो । 
सार्वजनिक विद्यालय सुधार्न सकिन्छ भन्ने उदाहरण त्रिभुवन आदर्श माविले दिएको भन्दै अरुले पनि राम्रो कामको अनुकरण गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष निर्मल शेरचन र अग्नि भण्डारी, रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्याल, श्रवण माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रविन केसी लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।  
सोही कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्ष तुलसी गिरीले विज्ञान सङ्कायको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र गुरुङको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा प्रधानाध्यापक मुक्ति रेग्मीले स्वागत एवं सहायक प्रधानाध्यापक प्रेम पौडेलले संचालन गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...