अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

भिरकोट जेसिज वर्ष २०२४ को अध्यक्षमा खड्का

news

 
 आरती कुँवर
वालिङ–८, पौष ।
 
भिरकोट जेसिजको छैटौ साधरण सभा तथा पाँचौ अधिवेशन सभा सम्पन्न भएको छ । भिरकोट जेसिजको छैटौ साधरण सभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक निवर्तमान भिरकोट जेसिजका अध्यक्ष कृष्ण प्रसाद पौडेल रहनुभएको उक्त अधिवेशनबाट भिरकोट जेसिज वर्ष २०२४ का लागी जेसि भरत खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै कार्यकारीणी उपाध्यक्षहरुमा जेसि गेमा सारु मगर, शुसिल अर्याल रहनुभएको छ । उपाध्यक्षहरुमा आयुष पौडेल, नारायण प्रसाद कोइराला, जगदिश अर्याल र मुुनाल गोदार  रहुनभएको छ । 
कार्यक्रममा बोल्दै भिरकोट जेसिजका मानर्थ सदस्य याम प्रसाद अधिकारी लक्ष्मणले भिरकोट जेसिसको उन्नति र प्रगतिका लागी सदैव खटिरहने बताउनुभयो । उहाँले समाज सेवाका लागी अनुकरणीय कामहरु गर्दै सबैको मनमस्तिष्कमा बस्ने गरी अगाडी बढ्न पनि आग्रह गर्नुभयो । 
कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पौडेल, पुर्व अध्यक्ष मिना खाँण, सल्लाहकार सदस्य तारा प्रसाद अर्याल लगायतले बोल्नुभएको थियो । भिरकोट जेसिसका वर्ष २०२३ का अध्यक्ष सुन्दर कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शिव खनालले गर्नुभएको थियो । 
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...