अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

टिम सहयात्री पार्टी प्रा.लि. को चौथो साधारणसभा सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, ९ पौष ।
पुतलीबजार नगरपालिका ३ स्थित टिम सहयात्री पार्टी प्रा.लि. को चौथो साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले पार्टी प्यालेसको अभाव खड्कीएको समयमा सहयात्रीले सबैलाई राहत दिलाएको बताउनुभयो । उहाले सदरमुकाममा पार्टी प्यालेस नहुदा पोखरा लगायत ठूला शहरका जानुपर्ने वाध्यता थियो । 
तर, अहिले बिभिन्न सामाजिक, एवं राजनैतिक तथा पारिवारिक भेटघाटमा समेत पार्टी प्यालेसको सहज र धेरै सुबिधा उपलब्ध गराएकोमा खुशी ब्यक्त गर्नुभयो । कार्यक्रममा उपप्रमुख देवी अर्याल, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, स्याङ्जा रेडियो तथा टेलिभिजनका अध्यक्ष धु्रवबन्धु पौडेल, नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, चम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्रीगुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
टिम सहयात्री पार्टी प्रा.लि.का अध्यक्ष मनोज मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सदस्य राजेन्द्र गोदारले गर्नुभएको थियो । यसैगरी, टिम सहयात्रीद्धारा संचालित सहयात्री पार्टी प्यालेस एवं बार एण्ड लज तथा स्वीमिङ पुल ब्यवसाय विस्तार एवं प्रवद्र्धनमा सहयोग पुरयाउनु हुने झण्डै २ दर्जन बिभिन्न बिद्यामा क्रियाशिल ब्यक्तिहरुलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।     
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...