समाचार
वालिङको विकासका लागी मेरो हरसम्भव प्रयास रहने छ ः मन्त्री तिवारी
रेडियो आँधीखोला
वालिङ, ९ पौष ।
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्यालतिवारीले वालिङको विकासका लागी आफ्नो हरसम्भव प्रयास रहेको बताउनुभएको छ । मन्त्री तिवारीले वालिङ तथा जिल्लाको शैक्षिक विकास, स्वास्थ्य, खानेपानी, भौतिक पुर्वाधार, सडक निर्माणलगायतमा आँफू मन्त्रालयमा हुँदा पनि र नहुँदा पनि जुनसुकै भुमिकाबाट काम गर्ने बताउनुभएको हो ।
वालिङकै पुरानो शैक्षिक संस्था पुर्णामत भवानी माध्यमिक विद्यालय वालिङको ६१औँ वार्शिकोत्सवको उद्दघाटन गर्दै मन्त्री तिवारीले यस्तो बताउनुभएको हो । प्राविधिक शिक्षा आजको आवश्यकता रहेको भन्दै पुर्णामृत विद्यालयले विगतको समयदेखि प्राविधिक धारका कक्षाहरु समेत संचालन गर्दै आएको बताउँदै समयानुकुल शिक्षामा जोड दिनुपर्ने मन्त्री तिवारीले बताउनुभयो ।
कार्यक्रममा पुर्व विद्यार्थी मञ्चका सहसचिव तथा पुर्व सह प्रधानाध्यापक यमकान्त खनाल, शैक्षिक व्यक्तित्व भरत बगाले, जगदिश गैहे्र, सुरेश गैहे्र, लालचन्द गैह्रे, बालशिक्षा निकेतन आविका प्रअ कृष्णप्रसाद पंगेनी, शिक्षक गोपालधन सुवेदी, विद्यार्थाी पोषकान्त लुँईटेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले विद्यालयको वार्शिक प्रगति प्रतिवेदन तथा भावी योजनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यो एक वर्षभित्र विद्यालयबाट अवकाश लिन्ुभएका शिक्षक तथा कर्मचारीहरुलाई समेत विद्यालयले वार्शिकोत्सवका अवसरमा सम्मान गरेको थियो । कार्यक्रम विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक दिपक लम्सालले गर्नुभएको थियो ।