समाचार
साथीभाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वालिङ ८ को ५औँ साधारण सभा
रेडियो आँधीखोला
वालिङ, १० पौष ।
साथीभाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वालिङ ८ को ५औँ साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाको वडा नं. ९ का अध्यक्ष अमृत श्रेष्ठले उद्दघाटन गर्नुभएको हो । साधारण सभाको उद्दघाटन गर्दै वडा अध्यक्ष श्रेष्ठले साथीभाई बहुउद्देश्यीय सहकारी संस्था नामले नै धेरै कुराहरुलाई व्याख्या गरेको भन्दै साथीहरु एकआपसमा मिलेर सहकारीको माध्यमबाट एकिकृत हुनु प्रशंसनिय कार्य रहेको बताउनुभयो । साथै वडा अध्यक्ष श्रेष्ठले सहकारी बचत तथा ऋणको कारोबारमा मात्रै सिमित हुन नहुँने भन्दै समयअनुकल सहकारीको सेवा प्रवाहलाई पनि परिर्वतन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्णामृत भवानी माविका शिक्षक प्रदिप बगालेले आफ्ना विद्यार्थीहरु यसरी वित्तिय क्षेत्रमा अगाडि बढ्नु आफ्नो लागी निकै गर्वको विषय भएकाले बताउनुभयो । आफ्नो अध्ययनलाई उचित क्षेत्रमा लगाउनु पनि सकरात्मक पक्ष भएकाले सहकारीको निति र सिद्धान्तलाई आत्मसाथ गरेर आफ्ना सदस्यहरुको हितमा लाग्न शिक्षक बगालेले आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडा सदस्य कविता रनपाल, सल्लाहकारद्धोय शुसिल अर्याल, ज्ञामु पाण्डे, चापाकोट आयर्वेद साखा प्रमुख बरुण रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा अध्यक्ष माधव अर्याल, कोषाध्यक्ष इन्द्रा भुषालशर्मा, सचिव अमृत बगाले, प्रबन्धक हुमनाथ खनाललगायतले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन उपाध्यक्ष भरत बगाले र स्वागत अमृत बगालेले गर्नुभएको थियो ।
करिव २५० सेयर सदस्य रहेको सहकारी २०६० सालमा पुर्णामृत भवानी माविबाट एसएलसि दिएका व्याचको सक्रियतामा स्थापना गरिपनि अहिले विभिन्न स्थानहरुका साथीसर्कललाई सहकारीमा आवद्ध गराईएको छ । वालिङ ८ मा रहेको सहकारीको कार्यक्षेत्र वडा नं. ८, ९ र १० रहेको छ ।