अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

खेल क्षेत्र ब्यवसायिक बन्दै ः सभापति अर्याल

news

वालिङ, १० पुस ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले खेल क्षेत्रले फड्को मार्दै ब्यवसायिकतातर्फ उन्मुख भएको बताउनुभएको छ । स्वाभिमान युनिटी ब्याडमिण्टन क्लब वालिङ ६ मिर्दीले स्वर्गीय मोहन पाण्डेको स्मृतिमा आयोजना गरेको सि लेभल तथा भेट्रान्स खुल्ला ब्याडमिण्टन प्रतियोगिताको समापन समारोहमा बोल्नुहुँदै उहाँले खेलेर नै जीविकोपार्जन गर्न सकिने वातावरण बन्दै गएको बताउनुभयो । उहाँले अझै यसलाई ब्यवस्थित र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दुई वर्षभित्रमा वालिङभित्रै ईन्डोर ब्याडमिण्टन कभर्डहल बनाउने योजनामा आँफू रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अबको दुई वर्षमा वालिङमा ईन्डोर ब्याडमिण्टन कोर्ट बनाएरै छाड्छु यो मेरो प्रतिवद्धता भयो ।”
समापन समारोह क्लबका अध्यक्ष हेमन्तकुमार मल्ल (ईश्वर) को अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव विष्णु आलेले गर्नुभएको थियो । यसैबीच
ब्याडमिण्टन प्रतियोगिताको उपाधि आयोजक स्वाभिमान युनिटी ब्याडमिण्टन क्लबले जितेको छ । मंगलबार भएको फाईनल खेलमा आयोजकले चापाकोटलाई पराजित गरी उपाधि चुमेको हो । पराजय भएको चापाकोट द्वितीय स्थानमा रहँदा आयोजककै अर्को समूह र भीमटारी युवाक्लब सात्वना भएका हुन् । प्रतियोगितामा प्रथम, द्वितीय र सात्वना भएका समूहहरुलाई क्रमशः ४१ हजार, २१ हजार र सात हजार ५०० नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 
त्यस्तै भेट्रान्स खुल्ला ब्याडमिण्टनतर्फ गल्याङ ब्याडमिण्टन क्लब प्रथम भएको छ भने दोस्रो वालिङको समूह भएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले क्रमशः १० हजार र ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...