अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाल तरुणदल वालिङद्धारा युवाहरुलाई रोजगारीमा जोड्न माग

news

 
रेडियो आँधीखोला
वालिङ, १३ पौष ।
नेपाल तरुणदल वालिङ नगरसमितिले युवाहरुलाई रोजगारीमा जोड्न माग गरेको छ । तरुण दल वालिङ नगरसमितिका अध्यक्ष आशिषप्रताप खांण सहितको युवाहरुको टोलीले नेपाली कांगे्रस क्षेत्रिय कार्यसमिति स्याङजा क्षेत्र नं. २ क, क्षेत्रिय कार्यसमिति, र जिल्ला कार्यसमितिलाई बोधार्थ उल्लेख गरीएको ध्यानार्कषणपत्र नेपाली कांगे्रसका वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेको हो । 
पछिल्लो समय युवाहरुमा बढ्दै गएको बेरोजगारीप्रतिको निराशालाई दृष्टिगत गरी देशमै रोजगारी सृजना गर्न नेपाली कांगे्रसले नेतृत्व गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । साथै नेपाली कांगे्रसका युवाहरु तथा आम युवाहरुलाई स्थानीय विकास निर्माणका कामहरुमा प्रत्यक्ष सहभागि गराएरै भए पनि तत्कालिन समस्यालाई समाधान गर्दै युवाहरुलाई समाज परिर्वतनमा लगाउँछौँ भन्ने निर्वाचनमा गरेका वाचाहरु निर्वाचित जनप्रतिनिधिहरुले भुल्न नहुँने भन्दै तरुण दलले ध्यानार्कषण गराएको हो । 
निर्वाचन पश्चात जनप्रतिनिधि मात्र नभई पार्टी नेतृत्वले समेत  युवाहरुको समस्यालाई उपेक्षा गर्दै आएको भन्ने गुनासो युवाहरुको रहेको भन्दै यसविषयमा गम्भीर बन्न तरुण दलले ध्यानार्कषण पत्र मार्फत उल्लेख गरेको छ । युवाहरुमा विद्यमान निराशासहित बेरोजगारीको विषय अत्यन्तै गहन र भावुक भो भन्ने तरुणदलले महशुस गरेकाले नेपाली कांगे्रस वालिङ नगर समितिका सभापति मार्फत क्षेत्र, जिल्ला, प्रदेश केन्द्रसम्म नै पार्टी प्रति जनप्रतिनिधिको साथै अन्य सरोकारवालाहरुसंगको बैठक आव्हान गरी यस विषयमा जिम्मेवारीपुर्वक सम्बोधन होस भन्ने माग समेत तरुण दलले गरेको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...