अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेपाल आर्दश बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो अधिवेसन, अध्यक्षमा पुनः सुवेदी

news

 
रेडियो आँधीखोला
वालिङ, १५ पौष ।
नेपाल आर्दश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वालिङ ८ को पाँचौ साधारण सभा तथा दोस्रो अधिवेसन सम्पन्न भएको छ । नेपाल आर्दश माविको सभाहलमा सम्पन्न साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै वडा अध्यक्ष दामोदर तिवारीले सहकारीले यहाँ छरिएर रहेका पुँजीहरुलाई एकिकृत गरी सदस्यहरुको हितमा काम गरेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा विद्यालयका सञ्चालक अध्यक्ष शंकर डुम्रे, विद्यालयका प्रधानाध्यापक तथा क्याम्पस प्रमुख होमकान्त गौतम, संरक्षक धु्रवप्रसाद शर्मापंगेनी, विद्यालयका निर्देशक दिपक लम्साललगायतले बोल्नुभएको थियो । 
साधारण सभाले अध्यक्ष बालकृष्ण सुवेदी, सचिव विष्णुप्रसाद अर्याल, ऋण संयोजक चक्रबन्धु रेग्मी, कोषाध्यक्ष शिवहरि न्यौपान,े लेखा संयोजक जोगराज पाठक र प्रबन्धक दामोदर डुम्रेको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा मासिक बचतकर्ता खेमबहादुर थापा, नियमित बचततर्फ प्रकाश अर्याल र कर्मचारीहरुलाई प्रशंसापत्रले पुरस्कृत गरिएको छ । ६८ लाख २४ हजार २०० सेयर पुँजी रहेको सहकारीको कर्जा लगानी २ करोड १० लाख ७१ हजार १८७ रुपैँया रहेको छ भने जम्मा पुँजी तथा दायित्व २ करोड ७५ लाख ७२ हजार ५३६ रहेको संस्थाले जनाएको छ ।  
यसैबीच दोस्रो अधिवेसनले पुनः बालकृष्ण सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा डोलराज सुवेदी, सचिवमा बासुदेव अधिकारी, कोषाध्यक्षमा कमलप्रसाद खनाल रहनुभएको छ  भने सदस्यहरुमा जनताप्रसाद काफ्ले, कमला सेन, विष्णुकुमारी मल्ल, सञ्जु दोरंगा, गोपाल अर्याल, हुमनाथ पौडेल, जीवलाल काफ्ले रहनुभएको छ । त्यस्तै लेखा समिति संयोजकमा जोगराज पाठक, सदस्यमा प्रकाश अर्याल र उमती गुरुङ रहनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...