अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

जनतासंग गरेका बाचा पुरा गर्छु ः मन्त्री गुरुङ

news

 
रेडियो आँधीखोला
वालिङ, १५ पौष ।
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले निर्वाचनमा बेला जनतासंग गरेका बाचा पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार स्याङ्जाको वालिङमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । नेपाली कांगे्रस वालिङ नगरसमितिको आयोजनामा आयोजित नेता तथा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री गुरुङले भन्नुभयो,“निर्वाचनका बेला गरेका वाचालाई पुरा गर्न म प्रतिवद्ध छु । 
नागरिकको अभिमतलाई मैलो भुलेको छैन् । भ्रष्ट्राचारको अन्त्य गर्दै विकास निर्माणका लागी मेरो भुमिका रहनेछ ।” अब बोलेर मात्रै जनता खुसी नहुँने भन्दै बोल्नु भन्दा व्यवहारबाट जनतालाई खुसी पार्नुपर्छ भन्ने भावनाका साथ आँफू अगाडि बढेको मन्त्री गुरुङले बताउनुभयो । काम गर्ने चाहाना आँफूसंग रहेको भन्दै हरेक विकास निर्माणमा जनता उत्तिकै सक्रिय रुपमा लग्नुपर्ने भन्दै स्याङ्जाको विकासका लागी हरबखत आँफू तत्पर रहेको  मन्त्री गुरुङको भनाई छ । 
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले स्थानीय तह, प्रदेश तथा संघिय सरकारको समन्वयमा विकासले फड्को मार्ने भन्दै जिल्लामा केहि योजना सञ्चालन भईरहेका र केहि प्रक्रियामा रहेका समेत उहाँले बताउनुभयो । नागरिकको अपेक्षा र चाहाना अनुसार काम भईरहेको भन्दै विकास निर्माणको कामलाई पहिलो प्राथामिकता दिएको सभापति अर्यालले बताउनुभयो । 
कार्यक्रम नगर सभापति नेत्रप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेता कार्यकर्ता तथा विभिन्न भातृसंघसंस्थाहरुले मन्त्री गुरुङलाई सुझाव तथा ध्यानार्कषण पत्र बुझाएका थिए । तरुण दल, महिला संघ लगायतका भातृ संघहरुले मन्त्रीलाई ध्यानर्कषण सहितको सुझावहरु पेश गरका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...