अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

बालकुमारी घटनाकाे अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन हुँदै

news

 

पुस १६, काठमाण्डाै - दुई युवाको ज्यान जाने गरी गएको शुक्रवार बालकुमारीमा भएकाे घटनाकाे अनुसन्धान गर्न सरकारले आज उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । अहिले बिहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठनको निर्णय गर्न लागेको हो ।

यसअघि गृह मन्त्रालयले घटना भएकै दिन शुक्रवार नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर समितिमा पीडित पक्षको प्रतिनिधित्व नभएको भन्दै मृतकका परिवारले प्रधानमन्त्रीलाई भेटेरै न्यायिक आयोगको माग गरेका थिए ।

पीडित पक्षको माग सम्बोधन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयको तर्फबाट आयोग गठनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा जानेछ । बालकुमारी घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...