अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

जिल्ला स्तरीय नृत्य प्रतियोगितामा बालविद्या प्रथम

news

 
रेडियो आँधीखोला
वालिङ, १९ पौष ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाको समन्वमा आयोजित जिल्ला स्तरीय नृत्य प्रतियोगितामा वालिङ् नगरपालिकाको बालबिद्या बिकास माध्यमिक बिद्यालय प्रथम भएको छ । यसैगरी, विरुवा गाउँपालिका स्थित अरनिको माध्यमिक बिद्यालयले दोश्रो र अर्जुनचौपारी गाउँपालिका स्थित अमरज्योती माध्यमिक बिद्यालयले तेस्रो भएका छन् ।  
प्रथम, द्धितिय र तृतीय हुनेलाई जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी., शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्य, सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीले नगद सहित प्रमाणपत्रले पुरस्कृत गर्नुभएको थियो । पुरस्कार बितरण गर्दे समन्वय प्रमुख घर्तिले अन्तरनिहित प्रतिभा पहिचान गर्ने यस्ता प्रतियोगिताले बालबालिकाको क्षमता बृद्धि गराउने   बताउनुभयो । 
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत सुरेश सुवेदी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, पुतलीबजार शिक्षा शाखाका शोभा बस्याल, मूल्यांकन समितिका सदस्य बिक्रम सम्बत लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । शिक्षा समन्वय इकाई प्रमुख विश्वराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामाजिक विकास कार्यालयका प्रमुख शोभाचन्द रेग्मीले गर्नुभएको थियो । शिक्षक बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत बुधवार स्याङ्जाका १० वटा पालिकाका बिद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको हो ।  
प्रतियोगितामा हरिनास गाउपालिका बाहेक सबै पालिकाको सहभागिता थियो । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने बालबिद्या विकासले अव यही पुस २७, २८ गते पोखरामा आयोजित प्रादेशिक नृत्य प्रतियोगितामा सहभागी हुन पाउने छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...