अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रजिअ नेपाल र पत्रकारबीच भेटघाट

news

 
रेडियो आँधीखोला
वालिङ, १९ पौष ।
प्रमखु जिल्ला अधिकारी सुनिता नेपालले स्याङ्जामा रहेका क्रियाशिल पत्रकारहरुसंग भेटघाट तथा अन्र्तक्रिया गर्नुभएको छ । आज स्याङ्जाको जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मालगायतले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभयो । 
कार्यक्रममा निर्वतमान अध्यक्ष शर्माले स्याङ्जामा पत्रकारिताको विगतदेखि वर्तमान सम्मको अवस्थाको बारेमा जानकारी गराउँदै जिल्लाको विकास र समृद्धिका लागी पत्रकारहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । 
कार्यक्रममा पछिल्लो समय देखिएको सहकारी बेतिथि, अवैध क्रसर उद्योग सञ्चालन, लागू पदार्थको ट्रान्जिट पोईन्टको रुपमा देखिएको सिद्धार्थ राजमार्गलगायतका विषयमा समेत कार्यक्रममा चर्चा गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपालले बेतिथि र विसंगतिलाई उजागर गर्न पत्रकारहरुको सक्रिय भुमिका रहेको भन्दै जिल्ला शान्ति सुरक्षा, अमनचयनका लागी जिल्ला स्थित, पत्रकार, स्थानीय तह, नागरिक समाजलगायत सरोकारवालासंग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । 
पुलिस प्रशासनसंग भन्न नसक्ने कतिपय विषयहरु पत्रकारहरुद्धारा बाहिर आउने भन्दै जिल्लाको अमनचयनका लागी त्यस्ता समस्याहरुलाई उठान गर्न उहाँले आग्रह समेत गर्नुभयो । १९ वर्षसम्म सरकारी सेवामा सेवारत नेपालले आफ्नो स्याङ्जा बसाई फलदायी र महत्वपुर्ण बन्ने अपेक्षा गर्नुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...