अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भारतीय विदेशमन्त्री जयशङ्कर आज नेपाल भ्रमणमा आउँदै

news

 

  पुस १९, काठमाण्डाै - भारतीय विदेश मन्त्री एस जयशङ्कर आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन उहाँ आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।

भ्रमण तालिकाअनुसार विदेशमन्त्री जयशङ्कर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानुहुनेछ । त्यसपछि दिउँसो १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट हुनेछ । दिउँसो १ बजे परराष्ट्र मन्त्री साउदसँग  होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उहाँ सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनुहुनेछ ।

पौने २ बजे दुई देशबीच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि भारतीय विदेशमन्त्री जयशङ्करले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँ भोलि भारत फर्कनुहुनेछ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...