अहिले तरंगमा

केहि छिनमा

समाचार

वालिङमा २४ सय बढिको कोभिड खोपको विद्युतिय अभिलेखीकरण

news

 
कला राना,
वालिङ २२ पुस ।
वालिङमा २ हजार ४०२ जनाको कोभिड १९ खोप विद्युतिय अभिखेलीकरण गरिएको छ । उज्यालो यात्रा गैह्र सरकारी संस्था वालिङले यूनडिपिको आर्थिक सहयोग र वालिङ नगरपालिकाको समन्वयमा वालिङमा कोभिड १९ खोप लगाएकाहरुको विद्युतिय अभिलेखीकरण अभियान गरेको थियो । खोप लगाएकाहरुको रेर्कड कम्प्युटरको माध्यमबाट राखिनु नै विद्युतिय अभिलेखीकरण हो । उज्यालो यात्राले वालिङका १४ वटै वडामा सहजकर्ता परिचालन गरी परिचान गरी वडा वडामा तथ्यांक संकलन गरिएको थियो । 
वडा नं. १ मा १५९, २ मा १६०, ३ मा २२३, ४ मा १२५, ५ मा १३१, ६ मा २७५, ७ मा ११४, ८ मा १३८, ९ मा १७२, १० मा १२४, ११ मा १०६, १२ मा ३०४, १३ मा १३१ र १४ मा २५० जनाको कोभिड १९ खोपको विद्युतिय अभिलेखीकरण गरिएको उज्यालो यात्राका अध्यक्ष हिमलाल पराजुलीले जानकारी दिनुभयो । पछिल्लो समय वैदेशिक रोजागरीका लागी हजारौँ रुपैँया खर्च गरेर बनाईएको विद्युतिय अभिलेखीकरण यो अभियान मार्फत वडा वडामा गरिएको उहाँले बताउनुभयो । विद्युतिय माध्यमबाट क्यूआर बनाईएपछि खोप लगाईएको प्रमाण जिवन्त रहने भएकाले आगामी दिनमा फेरि पनि कोरोनाका नयाँ भेरियन्ट आएमा त्यस्ता जटिलतासंग जुध्न सहयोग पुग्ने अध्यक्ष पराजुलीले बताउनुभयो । 
स्मार्ट सिटिको रुपमा अगाडि बढेकोे वालिङमा हरेक क्रियाकलाप विद्युतिय माध्यमबाट हुने भन्दै यो अभियानबाट छुटेकाहरुलाई पुनः अभिलेखिकरण गरिेन नगरपालिका स्वास्थ्य साखा प्रमुख कमल पाण्डेले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...