अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

डौवा युवा क्लबद्धारा आश्रमलाई नगद तथा खाद्यन्न सहयोग

news

 
रेडियो आँधीखोला
वालिङ, २३ पौष ।
वालिङको एक क्लबले राम्दीस्थित आश्रमलाई रकम तथा खाद्यन्न सहयोग गरेको छ । डौवा युवा क्लब  वालिङ, ११ले देउँसी भैलो कार्यक्रमबाट संकलन गरेको रकम आश्रमलाई सहयोग गरेको हो । शिव पार्वती वृद्धाश्रम तथा बहुउदेश्यी संस्था वालिङ १० द्धारा सञ्चालित जेष्ठ नागरिक आश्रम गल्याङ १ रामनदि धाममा रहनुभएका वृद्धवृद्धाहरुलाई भोजन स्वरुप नगद रु ६ हजार ५ र खाद्यन्न अन्र्तगत चामल तथा धान आइतबार कार्यालयमै पुगेर सहयोग गरेको छ । 
क्लबका अध्यक्ष बद्री पंगेनीले देउँसी भैलो खेलेर जम्मा गरेको रकम बाट नगद तथा खाद्यन्न सहयोग गरेको बताउनुभयो । सामाजिक कार्य अन्र्तगत सन्तानको सहारा बिना आश्रममा रहनुभएका वृद्धवृद्धाहरुलाई सहयोग गरेमा पुण्य मिल्ने तथा केही भएपनि सहयोग गर्ने उदेश्यले रकम तथा खाद्यन्न प्रदान गरिएको क्लबका अध्यक्ष पंगेनीले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...