अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

भीरकोट नगरपालिकाद्धारा अनुदानमा हाते ट्याक्टर वितरण

news

 
रेडियो आँधीखोला
वालिङ –२४, पौष ।
भीरकोट नगरपालिकाले अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुका लागी हाते ट्याक्टर वितरण गरेको हो । ट्याक्टर हस्तान्तरण गर्दै नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले भीरकोटलाई कृषिमा आत्मनिर्भर बनाउनका लागी कृषकलाई आवश्यक उपकरण तथा विउविजन समेत वितरण गर्दै आईएको भन्दै यो सहुलियत कार्यक्रमलाई सहि रुपमा उपयोग गर्न आग्रह गर्नुभयो । 
परम्परागत खेति प्रणालीमा धेरै श्रम र समय खर्चनुपर्ने भएकाले कृषकहरुलाई आधुनिक प्रणालीबाट कृषि खेतिमा लाग्न आग्रह गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने नगरप्रमुख कर्माचार्यले बताउनुभएको हो । सोमबार ६० ओटा ट्याक्तर वितरण गरिएको छ । २० ओटा पेट्रोलबाट चल्ने र ४० ओटा डिजेलबाट चल्ने हाते ट्याक्टर वितरण गरिएको हो । 
जसमा पेट्रोलबाट चल्ने ३० हजारको हाते ट्याक्टरलाई कृषकले १५ हजार तिरेर लगेका छन् भने पो डिजेलबाट चल्ने ४९ हजारको ट्याक्टरलाई २४ हजार ५०० रुपैँया तिरेर लगेका हुन् । वडा नं. १, २ र ६ का कृषकहरुलाई वितरण गरिएको हो भने आजदेखि क्रमश अन्य वडाका कृषकहरुलाई पनि वितरण गरिँदै जाने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस अघि सूचना मार्फत कृषकहरुलाई ट्याक्टरको माग निवदेन पेश गर्न आग्रह गरिएको र सोहि मागको आधारमा कृषि फर्म, कृषि समुह तथा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले बताउनुभयो । 
नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को वार्शिक स्वीकृत विशेष अनुदानको एकिकृत कृषि विकास कार्यक्रम अन्र्तगत साझेदारीमा कृषि यन्त्रिकिकतरणका लागी कृषकको मागको आधारमा उपकरण हस्तान्तरण गरिएको प्रशासकिय अधिकृत ढुंगानाले बताउनुभयो । वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि साखाका कर्मचारीहरुको समेत सहभागिता रहेको नगरप्रमुखका स्वकिय सचिव आयुष पौडेलले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...