समाचार
वालिङमा रहेका सामुदायिक कुकुर विरालोको बन्ध्याकरण शिविर
रेडियो आँधीखोला
वालिङ, २७ पौष ।
वालिङ तथा आसपासमा रहेका सामुदायिक कुकुर विरालोको बन्ध्याकरण शिविर आजबाट शुरु भएको छ । वालिङ नगरपालिकाको पशु सेवा साखा र पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको संयुक्त आयोजना र केन्द्रिय रिफरल पशु चिकित्साालय त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा वालिङ नगरपालिका भित्रका सामुदायिक कुकुरविरालोलाई निशुल्क रेविज विरुद्धको खोप तथा बन्ध्याकरण गरिएको हो ।
विहिबार पहिलो दिन ७० कुकुर विरालोको बन्ध्याकरण गरिएको छ । केन्द्रिय रिफरल पशु चिकित्सालयका डा. अर्जुन आर्यलको नेतृत्वमा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा. रुपेश श्रेष्ठ र डा. माधव डुम्रेको टोलीले ६८ कुकुर र २ विरालोको बध्याकरण गर्नुभएको हो । पछिल्लो समयमा बजारमा सामुदायिक कुकुरहरुको संख्या वृद्धि भईरहेको अवस्थामा यो शिविरले समाजमा सुरक्षा व्यवस्थाको कायम गरेको छ ।