अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङका मेलमिलापकर्ताहरुका लागि दिईयो एडभान्स तालिम

news

 
रेडियो आँधीखोला
वालिङ, २७ पौष ।
स्याङ्जाको वालिङ नगरपालिकामा क्रियाशिल मेलमिलापकर्ताहरुका लागि उच्चस्तर (एडभान्स) तालिम दिईएको छ । विगत पाँच बर्ष देखि वालिङका विभिन्न वडामा रहेर मेलामिलाप गराउँदै आएका मेलमिलाप कर्ताहरुका लागि यस्तो तालिम प्रदान गरिएको हो । 
द एसिया फाउण्डेसनको आर्थिक सहयोग,प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा तालिम गरिएको हो ।  तालिमको समापन गर्नुहुँदै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले घरगाउँमा हुने विभिन्न प्रकृतिको देवानी अन्तरगतका समस्या समाधानमा मेलमिलाप कर्ताको भूमिका प्रशंसायोग्य रहेको बताउनु भयो । उहाँले भन्नुभयो,“उच्चस्तरको तालिमले मेलमिलापकर्ताहरुलाई निक्कै सहयोग पुग्नेछ ।” वालिङ नागरिकको न्यायिक समिति र मेलमिलापकर्ताहरु प्रति विश्वास रहेका कारण वालिङले यसमा पहिचान बनाएको उपप्रमुख तिवारीको भनाई छ । 
उच्चस्तर तालिमले मेलमिलाप कार्यका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नगरउपप्रमुख तिवारीले आआफ्ना वडामा यसको प्रयोग सही रुपमा गर्न आग्रह गर्नुभयो ।  कार्यक्रममा बोल्दै न्यायिक समितिका सदस्य पोतप्रसाद लम्साल,प्रशिक्षक रमिला होमागाँइ, वडा नं.६ का मेलमिलापकर्ता माया पाण्डे र वडा नं.५ का हुमनाथ लामिछाने लगायतले बालेका थिए । 
वालिङ नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता नेत्रप्रसाद सुवेदीले नगरपालिकामा एक सय एक मेलमिलापकर्ता रहको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिमका विवादहरु समाधानको सहजिकरणमा मेलमिलापकर्ताहरु सक्रिय रहेकाछन् ।” पाँच दिन सम्म सञ्चालन सञ्चालन भएको तालिममा  रमिला होमागाई र रिता मानन्धरले सहजीकरण गर्नु भएको थियो । तालिममा २७ जनाको सहभागिता रहेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...