समाचार
महालक्ष्मी बहुउदेश्यीय सहकारी संस्थाको १४औँ साधारसभा सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २८ पौष ।
महालक्ष्मी बहुउदेश्यीय सहकारी संस्था वालिङको साधारसभा तथा अधिवेशन सम्पन्न भएको छ । महालक्ष्मी बहुउदेश्यीय सहकारी संस्थाको १४आँै वार्षिक साधारसभा तथा ५औँ अधिवेशन शुक्रबार वालिङमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुदैँ राष्ट्रिय सहकारी बैँक वालिङका शाखा प्रमुख टिकाराम अधिकारीले यस सहकारीले उत्कृष्ट काम गर्दै आएको बताउनुभयो । नियमित कारोबार गरेकोमा महालक्ष्मी बहुउदेश्यीय सहकारीलाई राष्ट्रिय सहकारी बैंकबाट पुरस्कृत समेत भएको बताउनुभयो ।
कार्यक्रममा उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनाल, महालक्ष्मी बहुउदेश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष तेज प्रसाद तिवारी सेयर सदस्यको तर्फबाट कल्पना पौडेल अर्याल र चुडामणि खनाल लगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष दयाप्रसाद कँडेलले र सञ्चालन सचिव तोलाकान्त बगालेले गर्नुभएको थियो ।
कार्यक्रममा नियमित बचत, कारोबार गर्ने व्यक्ति तथा संस्था लाई, कर्मचारी, पुर्व समिति, तथा पुर्व कर्मचारीलाई समेत सम्मान गरिएको छ । संस्थाको पाँचौ अधिवेशनले नयाँ समिति चयन गर्नेछ । समिति चयनको टुङगो लाग्न बाँकी रहेको र सहमतिको प्रयास भैरहेको सचिव बगालेले जानकारी दिनुभयो ।