समाचार
सिर्जनशील कृषि सहकारी संस्थाको दोस्रो साधरण सभा सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २९ पौष ।
सिर्जनशील कृषि सहकारी संस्था वालिङ १४ थुमपोखराको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै वडा नं. १४ का अध्यक्ष बोधराज कुँवर राजुले ग्रामिण क्षेत्रमा रहेका कृषि सहकारीहरुले कृषि उपज उत्पादनमा सदस्यहरुलाई अभिप्रेरित गर्नुपर्ने भन्दै सहकारीकै माध्यमबाट बजारीकरणको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समाजसेवी टुकप्रसाद डुम्रे, जनहित माविका प्रअ मिनबहादुर लुँईटेल, शिक्षक ज्ञानप्रसाद डुम्रेलगायतले बोल्नुभएको थियो । कार्यक्रममा अध्यक्ष राजु डुम्रे, कोषाध्यक्ष खगुप्रसाद पौडेल, सचिव दिपेश कुँवर, लेखा सदस्य गुनबहादुर कुँवर, प्रबन्धक धनप्रसाद डुम्रेले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष राजु डुम्रेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष निरु न्यौपाने तिवारी र संचालन सचिव दिपेश कुँवरले गर्नुभएको थियो ।