अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वालिङमा माघे सक्रान्ती विषेश कार्यक्रम

news

 
रेडियो आँधीखोला,
वालिङ १ माघ ।
वालिङमा माघे सक्रान्ती विषेश कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर संघ वालिङ र नगर महिला समिति तथा युवा संघको संयुक्त आयोजनामा सोमबार मगर समुदायको महान राष्ट्रिय सांस्कृतिक पर्व माघे सक्रान्ती पर्व विशेष भेटघाट कार्यक्रम वालिङ ८ स्थित मगर भवनमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समिति निर्वाचन समितिका सदस्य तेजबहादुर आलेले मगर समुदायको  संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण गर्दै नयाँ पुस्तलाई हस्तान्तरण गर्नका लागी यस्ता पर्वहरुले सहयोग पुग्ने बताउनुभयो ।
 
माघे सक्रान्तमा विषेश गरी पितृहरुको सम्झना गर्ने, चेलीबेटिहरुलाई मिठा मिठा परिकार खुवाउने परम्परा मगर समुदायमा रहेको भन्दै माघे सक्रान्तीको धार्मिक तथा ऐतिहासिक महत्व रहेको आलेले बताउनुभयो । मुलुकमा परिर्वतन ल्याउनको  लागी होस या संविधान प्राप्तीका लागी होस हरेक जनआन्दोलनमा मगर समुदायको अग्र भुमिका रहेको भन्दै ओलेले भन्नुभयो, “संविधानमा मगर समुदायको हक लिपिबद्ध हुुनुपर्छ भनेर हामीले आन्दोलन गरेऔँ । संविधानमा मगर समुदायको हकअधिकार प्रदत्त भएको छ । हक प्राप्त गर्न हाम्रो समुदाय सक्रिय हुन आवश्यक छ ।” 
 
संविधान तथा राज्यले दिएको अधिकार लिन जानिएन भने मगर समुदाय पछाडि पर्ने भन्दै आफ्नो संस्कार र संस्कृति जर्गेणाका लागी एकतावद्ध हुुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ वालिङका संस्थापक अध्यक्ष तथा मगर संघ स्याङ्जाका जिल्ला सल्लाहकार  पुर्णबहादुर  थापाले माघे सक्रान्ती मगरहरुको मुख्य पर्व भएकाले यो पर्वले मौसम परिर्वतन प्रारम्भको संकेत दिने बताउनुभो । 
 
हरेक महिना तथा बाह्र महिनामा १२ वटा सक्रान्ती मध्ये साउन र माघमा मनाईने सक्रान्तीको महत्व धार्मिक तथा सांस्कृतिकसंगै वैज्ञानिक तथ्यसंग जोडिएको  थापाले बताउनुभयो । मगर समुदाय देखासिकी भन्दा लोककल्याणकारी संस्कारको विकास र विस्तारमा लाग्नुपर्नेमा उहाँको जोड छ । कार्यक्रम नेपाल मगर संघ वालिङ नगर समितिका अध्यष क्या.विश्वप्रकाश थापाको सभापतित्वमा सम्पन्न भएको थिया भने स्वागत वरिष्ठ उपाध्यक्ष सिता थापा संचालन सचिव कुलबहादुर थापा र धन्यवाद उपाध्यक्ष देवि थापाले गर्नुभएको थियो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...