समाचार
चापाकोटमा दुई महिने सांकेतिक भाषा तालिम सुरु
रेडियोे आँधीखोला
वालिङ, ३ माघ ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा न ९ पाकरीमा रहेको मगर भवनमा २ महिने सांकेतिक भाषा तालिम सुरु गरिएको छ । चापाकोट नगरपालिकाको मुख्य सहयोगमा चापाकोट अपाङ्ग संघले आयोजना गरेको तालिममा बोल्दै चापाकोट नगरपालिकाका नगर उप प्रमुख इशा रानाले राज्यले अपाङ्गहरुको दैनिक जिवनमा आइपर्ने समस्याहरु समाधान गर्न सहयोग गरिरहेको भए पनि लक्ष्य अनुरुप कार्य हुन नसकेको बताउनु भयो ।
उहाँले नगरपालिकाभित्रका हरेक अपाङ्ग नागरिकको क्षमता विकासका लागि नगरले योजना बनाएर सीप विकास तालिममा लगानी गरेको बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यलय चापाकोटका प्रहरी नायव उपरीक्षक जेशी शाह, वडा न( ९ का वडा अध्यक्ष कृष्ण सुवेदी ,उमेश दर्लामी लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।
५० जना सहभागी तालिममा नारायण भण्डारीको स्वागत चापाकोट अपाङ्ग सघका अध्यक्ष सुनिता थापाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन दिपेश भण्डारीले गर्नु भएको थियो ।