अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

विपदका बेला सरकार जनतासँगै छ ः मुख्यमन्त्री पाण्डे

news

 
रेडियोे आँधीखोला
वालिङ, ३ माघ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपदका बेला गण्डकी प्रदेश सरकार जनताको साथमा छ भन्ने प्रत्याभूति गराएको बताउनुभएको छ । २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज स्याङ्जाको वालिङमा भएको उद्दर विपद् तथा नमूना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रदेशका विभिन्न ठाउँमा भएका विपदका समयमा गण्डकी प्रदेश सरकार तत्कालै विपद प्रतिकार्यमा जुटेको उहाँले बताउनुभयो ।
 
“गण्डकी प्रदेशमा हिमाल, पहाड र तराई तीन फरक फरक भूगोल छन्” उहाँले भन्नुभयो, यहाँ विभिन्न किसिमका विपदहरु आउन सक्छन्, विपद कहाँ कतिबेला आउँछ थाहै हुँदैन त्यसैले विपद पूर्व र पछिको उद्दार प्रतिकार्यकालागि तयारी अवस्थामा रहनुपर्छ ।”
 
विपद पूर्वको तयारी र विपदपछिको उद्दार, राहत, क्षतिपूर्ति, पुर्नस्थापन लगायतका कार्यकालागि गण्डकी प्रदेश सरकारले रु. दश करोड विनियोजन गरेको उहाँले बताउनुभयो । गण्डकी प्रदेशभित्रका स्थानीय तहहरुलाई पनि विपद ब्यवस्थापनकालागि न्यूनतम रु. दश लाख विनियोजन गर्न निर्देशन दिईएको उहाँले बताउनुभयो ।
 
उहाँले गण्डकी प्रदेश सरकारले विपदपछि आईपर्ने उद्दार कार्यहरुकालागि तालिम, प्रशिक्षण, उपकरणहरु खरिदमा सहयोग र सुरक्षाकर्मीहरुको मनोबल बढाउने कार्य गर्दै आएको बताउनुभयो । काल्पनिक तर समाजले भोग्दै आएका घटनाहरुलाई नमूनाकोरुपमा प्रस्तुत गरिएको उक्त अभ्यासले समुदायको भूमिका, नागरिकहरुको भूमिका के हुन्छ भन्ने जनचेतना जगाउनकालागि नमूना अभ्यास प्रदर्शन गरिएको सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
 
‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाआंै’ भन्ने मुल नारासहित गण्डकी प्रदेश सरकारको सहयोग, समन्वय र सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयको आयोजनामा वालिङ ९ स्थित भुम्रेमा बाढी, पहिरो, भूक्षय, भूकम्प, आगलागी लगायतका विपदका समयमा गर्ने विधिहरुको नमूना प्रदर्शन गरिएको थियो ।
 
आँधीखोलाको किनारमा गरिएको नमूना अभ्यास प्रदर्शन अवलोकन गर्न गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश सभाका सदस्यहरु, स्याङ्जाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...