अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष सिग्देल सम्मानित

news

 
रेडियो आँधीखोला 
वालिङ, ६ माघ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३८औँ साधारण सभा तथा १९औँ अधिवेसनको उद्दघाटन समारोह शुक्रबार स्याङ्जामा सम्पन्न भएको छ । स्याङ्जा उद्योग वाणिज्य संघले ३८औँ वार्शिकोत्सवको अवसरमा क्रियाशिल पत्रकारको रुपमा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देललाई सम्मान गरेको छ । 
 
वाणिज्य संघले लामो समय क्रियाशिल रुपमा पत्रकारिता क्षेत्रमा लागेर समाजलाई सुसूचित बनाएको भन्दै महासंघका अध्यक्ष सिग्देललाई सम्मान गरेको हो । विगत ढेड दशक देखि पत्रकारितामा क्रियाशिल महासंघका अध्यक्ष सिग्देललाई संघले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । 
 
सम्मानित हुुनुभएका महासंघका अध्यक्ष सिग्देल पब्लिक आवाज साप्ताहिक पत्रिकाका कार्यकारी अध्यक्ष, सगरमाथा टेलिभिजनका जिल्ला संवादाता, राजधानी दैनिकका जिल्ला संवादातालगायत धेरै मिडियामा कार्यरत रहनुभएको छ । संघको वार्शिकोत्सव तथा अधिवेसनको उद्दघाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले गर्नुभएको हो । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निजि क्षेत्रलाई राज्यले उचित सम्मान नगरेको बताउनुभयो । साथै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कोभिड १९ पछाडि देखिएको समस्या निराकरण गर्दै व्यापार व्यवसायलाई चलायमान बनाउन र व्यापारी व्यवसायीलाई यो पेशाबाट पलायन हुनुपर्ने अवस्था नआउने गरी वाणिज्य संघले योजनावद्ध रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...