अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी स्याङ्जाको प्रशिक्षण कार्यक्रम

 
रेडियो आँधीखोला
वालिङ, ७ माघ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी स्याङ्जाको आयोजनामा आँधिखोला गाँउपालिका वडा नं. १ बेझाङमा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर विश्वकर्माले नेपालमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको उत्पत्ति, विकास, संघर्षको ऐतिहासिक पृष्ठभुमि र मुक्ति समाज नेपाल विषयमा कार्यपत्र पेश गर्नुभएको थियो । 
प्रशिक्षण कार्यक्रममा एमाले पार्टी स्थायी कमिटी सदस्य जगत विश्वकर्मा, केन्द्रिय कमिटी सदस्य एव गणडकी प्रदेश सभा सदस्य  सीता कुमारी सुन्दास, सीमा कुमारी क्षेत्री, पार्टि केन्द्रिय सल्लाहाकार परिषद सदस्य  टेकु नेपाली, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष  सुर्य प्रसाद गैह्रे (पारस), गण्डकी प्रदेश सभाका सदस्य एव सार्वजानिक लेखा समितिका सभापति सुधिर कुमार पौडेल र संगठनका केन्द्रिय सचिव धन बहादुर नेपालीले जातिय भेदभाव तथा छुवाछुत अन्त्य गर्न सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो । 
कार्यक्रममा स्थायी कमिटी सदस्यहरु अर्जुन  कुमार सुनाम, स्थायी कमिटी सदस्य लाल बहादुर परियार, सचिवालय सदस्य धनमाया विश्वकर्मा, पार्टी  जिल्ला सचिवालय सदस्यहरु तिलक राम विश्वकर्मा, अनन्त कुमार श्रेष्ठ, सदस्य सुवास खाती संगठनका केन्द्रिय सदस्य अमृत नेपाली, संगठनका गण्डकी प्रदेश कमिटी अध्यक्ष निर्मल दियाली र पार्टी जिल्ला कमिटी सदस्य कमल प्रसाद पौडेल लगाएतले मन्तव्य राख्नुभएको थियो । 
नेपाल उत्पीडित जातीय मुक्तिसमाज स्याङ्जाको २ दिने प्रशिक्षण कार्यक्रम पश्चात संगठनले१० बँुदे बेझाङ घोषणा पत्र जारी गरेको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष मेघ प्रनेसको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...