अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

पहाडी क्षेत्रको मौसम आंशिक बदली, तराईमा बाक्लो हुस्सु कुहिराे

news

 

  माघ ७, काठमाण्डाै - आज देशका पहाडी केही क्षेत्रको मौसम आंशिक बदली रहेको छ ।

हिजोअस्तिको तुलनामा आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

 

पूर्वी तथा मध्य तराईमा बाक्लो हुस्सु र कुहिरो छ । विराटनगर, सिमरा, जनकपुरको भिजिबिलिटी घटेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । ती क्षेत्र र बाक्लो हुस्सुले तराई मधेसमा चिसो बढेको छ । आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस पुग्नसक्ने अनुमान छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...