समाचार
राममन्दिरको प्राण प्रतिष्ठाको खुसियालीमा वालिङमा दिप प्रज्वलन एबम भजन कृतन
रेडियो आँधीखोला
वालिङ, ९ माघ ।
राम जन्मभुमि भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठाको खुसियालीमा वालिङमा दिप प्रज्वलन एवं भजन कृतन गरिएको छ । विश्व हिन्दु महासंघ स्याङ्जा, विश्व हिन्दु युवा संघ स्याङ्जा र विश्व हिन्दु महासंघ वालिङको संयुक्त आयोजनामा राम जन्मभुमी अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार वालिङ मोडमा दिप प्रज्वलन एवं भजन कृतन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य पण्डित नेत्र प्रसाद पराजुलिले भगवान रामको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले ५०० वर्ष देखिको सपना पूरा भएकोमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि र उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथलाई धन्यवाद समेत दिनुभएको थियो । उहाँले राम र लक्ष्मणको जस्तै दाजुभाईको सम्बन्ध अहिलेको आवश्यकता भएको बताउनुभयो । साथै उहाँले हामी सबैले भगवान रामबाट धेरै कुरा सिक्न पर्ने समेत बताउनुभएको थियो ।
कार्यक्रममा वालिङ नगरपालिकाका पुर्व नगरप्रमुख दिलिप प्रताप खाँण, विश्व हिन्दु महासंघका केद्रिय सदस्य पदम प्रसाद पाण्डे, विश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेल, विश्व हिन्दु महासंघ वालिङ नगरका अध्यक्ष सिताराम अधिकारीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम बिश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव भुपराज बगालेले गर्नु भएको थियो ।