समाचार
वालिङ महोत्सवमा स्थानीय उत्पादन तथा कृषिलाई प्राथामिकता, २० ओटा स्टल निशुल्क
रेडियो आँधीखोला
वालिङ ९ माघ ।
यही माघ १८ देखि २८ सम्म वालिङमा सन्चालन हुने प्रदेश स्तरीय ओैद्योगिक, कृषि, पर्यटन तथा व्यापार मेलाको तयारी तिव्र पारिएको छ । हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नारा सहित आयोजित महोत्सवको तयारीलाई तिव्र पारिएको हो । वालिङ उद्योग वाणिज्य संघ वालिङको अयोजनामा आयोजित महोत्सव विगतभन्दा पृथक हुने आयोजकले जनाएका छन् ।
यसपटकको महोत्सवमा कृषि तथा स्थानीय हस्तकलालाई प्राथामिकता दिईनेछ । प्रचारप्रसार कलाकार समन्वय ता बालउद्यान उपसमितिका संयोजक पिताम्बर खनाल शुसिलका अनुसार यसपटकको महोत्सवमा कृषिका लागी २० ओटा स्टल निशुल्क प्रदान गरिँदैछ ।
उपसमितिका संयोजक खनालले भन्नुभयो, “आठौँ वालिङ महोत्सवमा हामीले कृषि ता स्थानीय उत्पादन हस्तकलालाई प्राथमिकता दिएका छौँ विगतको महोत्सवमा भन्दा धेरै २० ओटा स्टलहरु निशुल्क दिँइदैछ । यसले यहाँका स्थानीय उत्पादनको बजारीकरणलाई टेवा पुग्नेछ भने कृषकहरुलाई राहत पुग्नेछ ।” त्यस्तै उद्योग वाणिज्य संघमा नियमित दर्ता तथा नविकरण गरेका अति विपन्नका लागी पनि निशुल्क स्टल दिईने उहाँले बताउनुभयो ।
प्राकृतिक विपत्तिमा परेर आफ्नो व्यवसाय तथा व्यापारमा क्षति पुगेर मर्कामा परेकालाई महोत्सवमा व्यापार व्यवासय गर्न निशुल्क स्टल प्रदान गरिने खनालले बताउनुभयो । साथै स्थानीय प्रतिभालाई उजागर गर्नका लागी डान्स आईडल समेत महोत्सवमा आयोजना गरिएको भन्दै यसपटक भजन प्रतियोगिता पनि आयोजना गरिएको संघले जनाएको छ ।
प्रतिभा भएकाहरुका लागी यो डान्स आईडल एउटा प्लेटफर्म हुने भन्दै पछिल्लो समय हराउँदै गएको भजन चुड्का प्रतियोगितालाई पनि समावेश गरिएको महोत्सवका मुल समितिका संयोजक तथा आयोजन वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । वालिङको ब्राण्ड बनिसकेको वालिङ महोत्सवको पहिचानलाई थप उचाईमा पु¥याउन सहयोग पुग्ने महोत्सवका संयोजक श्रेष्ठको भनाई छ ।
९ दिन माँत्रै बाँकी रहँदा प्रचारप्रसारका लागी माईकिङ, पर्चापम्प्लेट वितरण विभिन्न संघसंंस्थालाई निमन्त्रण दिने लगायतका कार्य गरिएको श्रेष्ठले बताउनुभयो । जिल्ला स्थित विभिन्न उद्योग वाणिज्य संघहरुलाई भेट्ने महोत्सव सफल बनाउन अनुरोध गर्ने, निमन्त्रण दिने लगायतका कार्य गरिएको भन्दै वालिङ महोत्सव वालिङको मात्रै नभई जिल्लाकै महोत्सव भएकाले जिल्ला बासीलाई महोत्सव अवलोकन गर्न संयोजक श्रेष्ठको आग्रह छ । महोत्सवलाई भव्य र सभ्य वनाउन वालिङका १४ वटै वडाका आमा समूह, जातीय भेषभुषा, झाँकी लगायत वालिङ बजारको सजावटका लागि छुट्टाछुट्टै वैठकहरू मार्फत तयारी छ ।