अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्शिकोत्सव सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, ११ माघ ।
राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्शिकोत्सव सम्पन्न भएको छ । बैंकको वालिङ साखाले पनि वार्शिकोत्सव मनााएको छ । बंैकको वार्शिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै वालिङ नगरप्रमुख कृष्ण खांणले राष्ट्रिय वाणिज्य बैंकले ५९औँ वार्शिकोत्सव मनाईरँदा आँफैमा परिपक्क छ वा छैन बुझ्न आवश्यक रहेको बताउनुभयो । 
बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना ग्राहकहरुको हितमा काम गर्नुपर्ने भन्दै हरेक काम कारबाही गर्दा आफ्नो विवेक प्रयोग गर्नुपर्नेमा नगरप्रमुख खांणको जोड छ । पृथ्वी जगतमा मानव वस्तीको विकाससंगै अन्य क्रियाकलापहरु शुरु भएकाले मानिस रहे आर्थिक क्रियाकलाप हुने भएकाले आफ्नो ग्राहकमैत्रि सेवा प्रदान गर्न बैंकलाई नगरप्रमुख खांणले आग्रह गर्नुभयो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बैंकहरुले कोभिड अगाडिको परिस्थितिमा कर्जा लिन व्यवसायीहरुलाई प्रेरित गर्ने गरेको स्मरण गर्दै अहिलेको आर्थिक जटिल परिस्थितिमा झन कर्जा बन्द गर्ने कुरा हुुनु अस्वभाविक र व्यवासयी तथा ग्राहकको हित विपरित रहेको बताउनुभयो ।  
कार्यक्रममा वालिङ बैंर्कस क्लबका कार्यबहाक अध्यक्ष प्रेमनारायण अर्यालले पनि आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रम बैंकको वालिङ साखा प्रमुख लिला गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट ग्राहकको रुपमा भुषाल भण्डारका इन्द्रप्रसाद भुषाल र सुरेशप्रसाद गैह्रे सम्मानित हुनुभएको छ  । २०२२ माघ १० गते काठमाडौमा स्थापना भएको बैंकको २८६ साखा रहेको छन् । त्यसमध्ये वालिङ २८२औँ साखा हो भने बैंकको कुल ग्राहक ४१ लाख ५० हजार रहेको छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...