समाचार
शसस्त्र प्रहरी वालिङले ६औं युनिट स्थापना दिवस मनायो
रेडियो आँधीखोला
वालिङ, ११ माघ ।
शसस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म वालिङले ६औं युनिट स्थापना दिवस मनाएको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वाटर वालिङ, ८ घ्याङलिङले ६औं युनिट स्थापना दिवस २०८० बुधबार मनाएको हो । युनिट स्थापना दिवसको अवसरमा बोल्नुहुदै नम्बर ४ मुक्तिनाथ बाहिनि मुख्यालय कास्कीका सहायक बाहिनिपति शसस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कृष्णराज पाठकले सकारात्मक सोच, जोस र जागरका साथ अगाडी बढ्न शसस्त्र प्रहरी जवानहरुलाई आग्रह गर्नुभयो । साथै शान्ति व्यवस्था कायम राख्न अझ आगामी दिनमा परिष्कृत रुपमा लाग्न पनि उहाँको आग्रह छ ।
कार्यक्रममा ३० नम्बर गुल्मका गुल्मपति देवराज जोसीले गुल्मलाई हरबखत हरेक तबरबाट सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शसस्त्र प्रहरी नायब निरीक्षक परमबन्धु अर्यालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्नुभएका साथै विभिन्न प्रतियोगितामा विजयी हुनुभएका शसस्त्र प्रहरी जवानहरु सम्मान पत्र तथा प्रमाण पत्रद्धारा पुरस्कृत हुनुभएको थियो । साथै व्यारेकलाई यो स्थानसम्म ल्याईपु¥याउनका लागी विभिन्न पक्षबाट सहयोग गर्नुभएका सामाजिक व्यक्तित्वहरुलाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा वालिङ नगरपालिका पुर्व नगरप्रमुख दिलिप प्रताप खाँण, प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्मा इलाका प्रशासन कार्यालय वालिङका प्रमुख घनश्याम गौतम, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, नेपाली काँग्रेस वालिङ नगरसभापति नेत्र प्रसाद पाण्डे, पत्रकार महासंघका स्याङजाका अध्यक्ष श्रीकृष्ण सिग्देल, रेडियो आँधीखोलाका प्रबन्धक तोलाकान्त बगाले, लगायत प्रहरी प्रमुख तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।